नेपाली समाज इजरायलद्वारा वरिष्ठ नेता अशोक राईको उपस्थितीमा वृहत संवाद कार्यक्रम गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ३१, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए1न्यूज इजरायल

जनता समाजवादी पार्टी नेपालको इजरायलस्थित भातृ संगठन नेपाली समाज (Neso) इजरायलले पार्टीका बरिष्ठ नेता अशोक राईको उपस्थितीमा zoom भर्चुअल वृहद सम्वाद कार्यक्रमको आयोजना गर्ने  भएको छ ।

२४ सेप्टेम्वर  विहिवार इजरायली समयानुसार मद्यान्न को साढे १ बजे ( नेपाली समयानुसार अप्रहान्नको करिव ४ बजे)बाट  जुम भर्चुअल अलाइनबाट संचालन गर्ने गरी  आयोजना  गर्न लागिएको उक्त कार्यक्रममा सहभागीहरुले आफ्ना जिज्ञासा, जनगुनासा र  जनचासोका विषयहरुमा वरिष्ठ नेता अशोक राईसँग अन्तरक्रिया गर्न सकिने बताइएको छ ।

कार्यक्रममा जनता समाजवादी पार्टी  नेपाल किन २०७२ मा जारी संविधान संयोधन गर्न चाहान्छ ? पहिचान सहितको अधिकारकालागि दृढतापूर्वक संघर्ष गर्नेछन त ? जसपा नेपाल कसरी मुलुकको राष्ट्रिय राजनितिक बैकल्पिक शक्ती हो ? के साच्चै सबै वर्ग, जाति धर्म, लिंग, र भुगोलको साझा पार्टी  हो त ? पार्टीसँग प्रवासी नेपाली, गैरआवासिय नेपालीहरु र देशका वेरोजगार युवा शक्तिको हक हितकोलागि के के योजनाहरु छन ? बैकल्पिक शक्ति निर्माणकालागि पहिचानवादीहरुसँगको एकता, अपरिहार्यता किन त भन्ने लगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया हुने बताइएको छ ।
आयोजकले विशेष गरी इजरायलमा रहेका राजनितिक, सामाजिक व्यक्तित्वहरु लगायत विश्वभर रहेका आम नेपालीहरुलाई सहभागिताको लागि आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

उल्लेख्य इजरायलवासी नेपालीहरुले लिए मनोस्वास्थ्य चिकित्सकसँग परमर्श

उल्लेख्य इजरायलवासी नेपालीहरुले लिए मनोस्वास्थ्य चिकित्सकसँग परमर्श

ए वान न्युज इजरायल अलि महमद गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन आर एन ए एन सी सी )इजरायलले विश्व महामारीको रुपमा फैलिएको..