
ए1न्यूज नेपाल सुरेश कुमार पाण्डे
कपिलवस्तु ३० भदौ – कोरोना भाईरसका कारण जारी लकडाउनले थला परेका होटल तथा रेस्टुरेन्टलाई असोज १ गते देखि संचालन गर्न दिनु पर्ने माग राख्दै होटल तथा रेस्टुरेन्ट ब्यवासयी संघले प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई ज्ञापनपत्र वुझाएको छ ।
६ महिना लामो लकडाउनले ब्यवासयीहरु मारमा परेको भन्दै स्वास्थय मापदन्ड पुरा गरी होटल र रेस्टुरेन्टलाई संचालन गर्न दिनु पर्ने माग गरिएको हो । संघको जिल्ला समिति र ६ वटा नगर कार्य समितिले प्रशासन कार्यालयमा संयुक्त ज्ञापन पत्र दिदै सो माग गरेका हुन । उनीहरुले स्वास्थयका सबै मापदन्ड पुरा गरी सुरक्षितरुपमा ब्यवासय संचालन गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
संघका जिल्ला सभापति गोपाल खत्री र उपाध्यक्ष रेशम ढकाल र कपिलस्तु नगरपालिका ईकाइका अध्यक्ष संदीप जैसवालले प्रजिअ दीर्घ नारायण पौडेललाई ज्ञापन पब बुझाउदै सो माग गरेका हुन । आफुहरुले होटल तथा रेस्टुरेन्टमा सामाजिक दुरी, अनिवार्य मास्क, लगायतका स्वास्थ्य मापदन्डहरु अपनाउने सामुहिक निर्णय गरेको अध्यक्ष क्षेत्रीले बताए । ब्यवासयीहरुले ती मापन्डको पालना गरे नगरेका हेर्नेछौ र आवश्क परामर्श समेत दिने गरी कार्य योजना बनाईको उनले बताए । होटल तथा रेस्टुरेन्टहरुको प्रशासनले नियमित अनुगमन र निरीक्षण गर्ने र पालना नगर्ने ब्यवसायीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने उनले बताए । उपाध्यक्ष ढकालले लामो लकडाउनले बैक रिन, घरभाडा लगायतका कारण चरम मारमा परेकोले ब्यवासयीहरुको माग सम्बोधन हुनेमा आफुहरु आशाबादी रहेको बताए । ‘ हामी सुरक्षितरुमा होटल र रेस्टुरेन्ट खोल्ने छौ ’ उनले भने ।
ज्ञापन पत्र बु्झ्दै प्रजिअ दीर्घ नारायण पौडेलले बुधवार प्रशासन कार्यालयमा हुने बिपद ब्यवस्थापन समितिको र्बैठकमा यस बारे छलफल गरेर आवश्यक निर्णय लिने बताए । ज्ञापन पत्रको बोधार्थ जिल्लाका १० वटै पालिकालाई बुझाएका छन । संघको जिल्ला समिति र कपिलवस्तु, कृष्णगनर, शिवराज, महाराजगंज, बुद्धुभमी र बाणगंगा नगरपालिका कार्य समितिले बैठक बसी होटल संचालन गर्न दिनु पर्ने निर्णय गरेको थियो ।