डाक्टर केसीको १९औ सत्याग्रह जुम्लाबाट शुरु

२०७७ भाद्र २९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जुम्ला, २९ भदौ । चिकित्सा शिक्षामा सुधार लगायत विभिन्न मागहरु राख्दै डाक्टर गोविन्द केसी जुम्लामा अनशन बस्नु भएको छ । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उहाँको १९ औं सत्याग्रह  सुरु भएको हो ।

सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेका डा. केसीले यस पटक ६ बुँदे माग अघि सार्नुभएको छ । हरेक नेपालीहरुको निशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र विगतमा भएका सम्झौताहरु अक्षरस कार्यान्वय हुनुपर्ने माग राख्दै अनसन वस्दै  आइरहनुभएका डा.  केलीले  यस पटक   राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद प्रकरण, वाइड बडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्नु पर्ने मागहरु सहित सत्याग्रह  शुरु गरेको सञ्चारमाध्यमहरुलाई  जानकारी दिनुभयो ।

ठूला भ्रष्टाचारमा संलग्नलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएको भन्दै डा. केसीले अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गर्न माग गरेका छन् । अख्तियारका आयुक्त र अन्य भ्रष्टाचार काण्डमा मुछिएकाहरुमाथि सम्पत्ति शुद्धिकरणको छानबिन गर्न पनि केसीले माग गरेका छन् ।

उहाँले १६ औं सत्याग्रह पनि जुम्लामा बस्नु भएको थियो । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको केसीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय