
इजरायलमा रहेका मनकारी नेपालीहरुले एक विपन्न परिवारमा अपांगता भएका ४ जना छोराछोरीहरुलाई आर्थिक सहयोग गरेका छन् ।
नेपाल तामाङ घेदुङ इजरायलकी सल्लाहकार, प्रवासी सृजनशिल महिला समुह इजरायलकी संरक्षक तथा एनआरएनए-एनसिसी इजरायलकी उपाध्यक्ष माला योन्जन तामाङको सक्रियतामा इजरायलवासी सहयोगी मनहरुबाट संकलन गरिएको रुप १ लाख ७१ हजार ५ सय ५० रुपैया नेपाल तामाङ घेदुङ इजरायल र प्रवासी सृजनशिल महिला समूह इजरायल मार्फत १३ सेप्टेम्वर आइतवार एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल तामङ घेदुङ इटहरीका अध्यक्ष र इजरायल रिटर्नस् समाजसेवी सरिन ख्युङ्वा तामाङको हातबाट स्थानिय संचारकर्मीहरुपको उपस्थितीमा पिडित परिवारलाई हस्तान्तरण गरियो ।
इटहरी – २, डम्फुचोक बसोबास गर्दै आइरहेका विपन्न परिवार लक्षुमन तामाङ र मन कुमारी तामाङका चार सन्तान सबै अपांगता भएको हृदय बिदारक भिडियाे सामाजिक सञ्जालमा आएपछि समाजसेवी माला योञ्जन तामाङको पहलमा सहयोग रकम संकलन अभियान संचालन गरी रकम संकलन गरिएको थियो । यस अभियानमा सहयोग संकलन रकम नेपाल तामाङ घेदुङ सघ इजरायल र प्रवासी सृजनसिल महिला समुह इजरायल दुबै संस्थाका पदाधिकारी सद्स्यहरु लगायत इजरायलमा कार्यरत सहयोगी मनहरुले सहयोग प्रदान गरेका थिए ।
सहयोग प्रदान गर्नेहरुको नामावली :