
काठमाडौं १४ सेप्टेम्वर – नेपाल रेल वे कम्पनीले १ सय २९ जना कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एउटा सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।
करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ ।
कम्पनीले दस्तुर जम्मा गरेको बैंक भौचरसहित अनलाइन दरखास्त दिन सकिने जनाएको छ । फारम भर्न www.nepalrailway.org मा लिंक क्लिक गरी राखिएको फारम क्लिक गरी फारम भर्न सकिने सुचनामा बताइएको छ ।
सुचनामा तृतिय श्रेणी शाखा अधिकृत देखि श्रेणी विहिन कार्यालय सहयोगीसम्मको लागि दरखास्त आह्वान गरिएको छ ।