अपहरणको नाटक गर्ने महिला प्रहरीको फन्दामा

२०७७ भाद्र २८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपालगञ्ज । सामाजिक सञ्जालमा अरुको फोटो राखेर प्रेमलिला रच्दै आफु अपहरणमा परेको अफवाह फैलाउने एक महिला बाँके प्रहरीको फन्दामा पारेको आजको राजधानी दैनिकले समाचार छापेको छ  । पत्रकार रुद्र सुवेदीले रिपोर्टिङमा सम्प्रेसण गरिएको उक्क समाचारमा  साधारण लेखपढ मात्र गरकी बर्दिया ठाकुरबाबा नगरपालिका–४ की ३३ वर्षिया आशिककुमारी चौधरीले ‘सानु दहित’को नाममा तीन वटा फेशबुक आईडि बनाएर नवलपरासीका युवकलाई प्रेमजालमा पारेकी उनी प्रेमीको मायाकै कारण शनिबार बिहान प्रहरी फन्दामा परेको उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा आईतबार साँझ आयोजित पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले ती महिलाको बारेमा जनाकारी दिदै भने–‘साधारण लेखपढ गरेकी ३३ वर्षिया महिलाले फेशबुकमा माया प्रेम गरेर आफ्नो प्रेमीलाई गाडिसहित आफु अपहरण भएको बताएपछि प्रेमी युवकले प्रेमिकालाई अपहरणकारीको पञ्जाबाट मुक्त गराउन प्रहरीको सहयोग माग्दा घटनाले यस्तो मोड लिएको हो ।’

उनको बारेमा जानकारी दिदै प्रहरी उपरीक्षक रानाले भने–‘आशिककुमारी चौधरी नामकी ती महिलाले सानु दहितको नामबाट फेशबुकबाटै अपरिचित सुन्दर किशोरीको फोटो राखी फेसबुक आईडी खोली नवलपरासीका युवालाई सो आईडीबाट साथी बनाई फोन सम्पर्क गर्दै आएकी उनले प्रेमी युवकले भेटौ भन्दा विभिन्न बाहान गर्दै पन्छिने गरेको, भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गर्दै आएको पाईएको छ ।’

प्रहरी उपरीक्षक रानाका अनुसार आशिक चौधरी विबाहित महिला भएको र उनको पति र बच्चासंगै हाल नेपालगन्ज–६ फुलटेक्रामा शान्ति चौधरीको घरमा भारडामा बस्दै आएकी थिईन । ती महिलाका पति र बच्चा सुतेपछि उनी प्रेमिसंग फोनमा र फेशबुकमा कुरा गर्ने गरेको अनुसंन्धानको क्रममा खुलेको छ ।

फेशबुकमा भिडियो कल गर्दा पनि राम्रो संग आफ्नी प्रमिकालाई देख्न नपाएका उनका प्रेमीले फोनमा पनि भेटौ र भावी दिनको योजना बनाउन भन्दै दवाव दिन थालेपछि आशिकले नै आफ्नो घर पोखरमा पनि भएको र आफ्नै गाडिमा यही भदौ २५ पोखरा जान लागेको र बाटोमै भेटेर संगै पोखरा जाउ भनेर युवालाई बताएकी थिईन ।

‘मेरो घर पोखरामा पनि छ, म पोखरा घरमा जादै छु, बाटोमा भेटीसंगै पोखरा जाउ, म नेपालगञ्जबाट आफ्नै गाडीमा आउदै छु भनि बताई बिच बाटो चन्द्रौटामा पुग्दा अपरिचित ब्यक्तिहरुले मलाई कोठामा लगेर मेरो साथमा भएको सुन, मोवाईल, गाडीको चाबी खोसेर मलाई कोठामा राखेको भनि पे्रमीलाई भनेपछि प्रेमीले प्रहरीलाई खबर गरर उनको खोजतलास गर्दै गर्दा उनी नेपालगञ्जको फुलटेक्राबाटै पक्राउ गरिएको हो’–प्रहरी उपरीक्षक रानाले भने ।

घटनाको अनुसन्धान गर्ने क्रममा आशिककुमारी चौधरी २७ गते फुलटेक्रामा रहेको आफ्नै कोठामा फेला परेको र पोखरा जाँदा बिच बाटोमा लुटिएको, अपहरणमा परेको कुरा सबै काल्पनिक बनाई फोन गरेको खुलेपछि प्रहरी आफै अचम्मित बनेको थियो ।
बाँके प्रहरीले गाडिसंगै अपरहणमा परेकी सानु दहितको खोजीको लागि चारैतिर परिचालित भयो तर उनलाई भेटेर पनि पहिचान गर्न कठिन भयो कारण थियो उनको पहिचानको लागि प्रेमिले प्रहरीलाई दिएको फोटो । अन्तमा उनले प्रयोग गर्ने मोबाईलको सीमकार्डबाट उनी प्रहरी नियन्त्रणमा परेकी हुन ।

आशिककुमारी चौधरीले आफु २२ बर्षको केटी भएको आफ्नै ब्यापार भएको, नेपालगञ्ंज र पोखरामा घर भएको भनि ती युवकलाई भनेको, फेसबुकको प्रोफाईलमा आफ्नो फोटो नराखी अरु नै अपरिचित युवतीको फोटो राखेको कारणले पनि उनलाई नियन्त्रणमा लिन केहीबेर समस्या भएको प्रहरीको भनाई छ ।

‘प्रहरीसंगको फोनमा महिलाले अपहरणकारीले आफुलाई लमही र भालुवाङको विचमा राखेको बताएपछि जिल्ला प्रहरी कार्यालयले फोनको लोकेसन जाँच गर्दा नेपालगञ्ज नै देखाईरहेको थियो । तर, ति महिलाले यहिं बसेर फोन गरिरहेकी रहिछन्’ उनले भने ।

ति महिलाले सामाजिक सञ्जाल (फेकआईडी) मार्फत नवलपरासीको १ जना केटा संग प्रेम सम्बन्ध गाँसेको र केटासंग भट्नेसम्म कुरा पुगेपछि यता यस्तो नाटक गरको अनुसन्धानबाट खुलेको उनले बताए । अपहरणको नाटक गर्ने उनी बर्दियाको ठाकुरबाबा नगरपालिका शैनवारकी भएको र २ सन्तानसहित श्रीमान संग नेपालगन्जमा बस्दै आईरहेको निरिक्षक रानाले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय