गत मंगलवार सडक दुर्घटनामा परी घाइते हुनु भएकी नेपाली चेली अँशुमाया खतरामुक्त (अपडेट)

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २५, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

ए1नेपाल डट कम

गत ८ सेप्टेम्वर मंगलवार ट्रकको ठक्करबाट गम्भिर घाइते भइ अचेत अवस्थामा तेलअभिव नजिकै रहेको इखिलोप अस्पताल पुर्याइएकी नेपाली चेली अंशु मााया गोपालीको पछिल्लो अवस्था खतरामुक्त रहेको उनको उपचारमा  खटिएका चिकित्सकहरुलाई उदृत गर्दै एनआरएनए इजरायलकी उपाध्यक्ष निलम भट्टराई गिरीले जानकारी दिनुभयो ।

चिकित्सकले अंशुमायाको बायाँ आँखाको छेउमा गम्भिर चोट लागेको र हड्डी समेत फुटेको अवस्था रहेको जानकारी गराउदै वाहिरी चोट  र सुन्निएको भाग घटेपछि केही दिनमा अप्रेसन गरेर स्टिल राख्ने तयारी रहेको बताएको  उपाध्यक्ष गिरीले जानकारी गराउनु भयो । त्यस्तै उहाँको बायाँ तर्फको करङमा पनि चोट लागेको उल्लेख गर्दै त्यसमा आतिनुपर्ने अवस्था नरहेको चिकित्सकको भनाइ रहेको बताउनु भयो ।

अहिले अंशुमाया  हल्का बोलचाल गर्न सक्ने र तरल तथा सफ्ट खानेकुरा खान सक्ने अवस्थामा रहनुभएको उहाँको हेरचाहमा रहनुभएका साथीसंगीहरुले जानकारी दिनुभएको छ ।

काठमाण्डौ गंगवु स्थायी घर भई  विगत ११ बर्षदेखि इजरायलमा रहनुभएकी अंशुमाया तेलअभिवको इभनगिभिरोलमा जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा  ट्रकको ठक्करबाट घाइते भइ अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो ।

उहाँलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि वढाएको बताइएको छ ।

अंशुमायाले  दुर्घटना पश्चात आफ्नो स्वास्थ्य अवस्था वुझ्न र भेट्न हस्पिटलमा आउन चाहाने शुभचिन्तकहरुलाई  अहिलेको अवस्थामा एकै पटक आउदा अस्पताल प्रशासनले अनुमति नदिने अवस्था रहेकाले उहाँको सेवामा रहनुभएका साथीहरुसँग सम्पर्क गरेर मात्र अस्पताल जान अनुरोध गरेकी छिन् । त्यस्तै उहाँको साथमा रहनकोलागि समय दिन सक्नुहुने साथीहरुले हामीलाई सम्पर्क गरी Schedule मिलाएर एक एक जना गरी समय उपलव्ध गराउन हार्दिक अनुरोध गर्दछौं ।

सम्पर्कको लागि ०५४५५८४५९९ कोमल दाहाल वा ०५४६८७१२५८ श्री कृष्ण भण्डारी लाई सम्पर्क गरी समय मिलाउन अनुरोध गर्दछौं  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..