पोखरामा पनि प्लाज्मा थेरापीबाट उपचार गरिदै

२०७७ भाद्र २५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा । देशका विभिन्न ठाउँमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइरहँदा पोखरामा समेत यो प्रविधिाबाट उपचार हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार कोरोना संक्रमितहरुको प्लाज्मा थेरापी विधिबाट उपचार सुरु हुने भएको हो ।

प्रतिष्ठानका निर्देशक सह प्रा.डा अर्जुन आचार्यले बिहीबार सूचना जारी गर्दै विश्वव्यापी परीक्षणको रुपमा रहेको प्लाज्मा थेरापी प्रविधि प्रतिष्ठानमा समेत सुरु हुन लागेको जानकारी दिँदै रक्तदान गर्न अनुरोध गरेका छन् । कोभिड १९ बाट निसङ्क्रमित भएकाहरुले आफ्नो रिर्पोट नेगेटिभ आएको २ हप्तामा रक्तदान गर्न सक्ने बताउँदै उनले सो कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।

प्लाज्मा रगतको अंश हो । रगतमा रहेका सेता, राता रक्तकोष, प्लेटलेस छुट्ट्याएर बाँकी रहेको चिप्लो तरल पदार्थमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । त्यसको प्रयोगबाट गरिने उपचार विधि प्लाज्मा थेरापी हो ।

१८ देखि ६० वर्ष उमेर समूहका र ५० किलोभन्दा बढी तौल समूहका व्यक्ति प्रत्येक ३ –३ महिनामा रक्तदान गर्न सक्ने र कोरोना संक्रमितको नेगेटिभ नतिजा आएको १४ दिनपछि मात्रै प्लाज्मा निकाल्न मिल्छ । यो अवधिलाई कन्भलसेन्ट भनिन्छ । त्यति बेला नयाँ खालको भाइरस चिनेको एन्टीबडी तयार भएको हुन्छ । यो समय जति बढ्दै गयो एन्टीबडी उति निष्क्रिय हुँदै जान्छ । रक्तदान गर्न उपयुक्त व्यक्तिले नै प्लाज्मा दान गर्ने हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय