
ए1नेपाल डट कम
यो परदेशमा कसैलाई केही नहोस् भन्ने सधैं कामना गरी रहन्छौ तर पनि बिभिन्न समयमा दु:खद घटना घटिरहन्छन त्यस्तै इजरायलमा फेरी एउटा दुखद सडक दुर्घटना घटेको छ समाचार प्राप्त भएको छ । करिव ११ बर्ष देखि इजरायललाई आफ्नो कर्मा भुमी बनाउदै आउनु भएकी अंशु मााया गोपाली नाम गरेकी नेपाल चेली ८ सेप्टेम्वर राती इभनगिभिरोलमा जेब्रा क्रसिङमा सडक पार गर्ने क्रममा मसाइत (ट्रक) को ठक्करबाट सख्त घाइते हुनु भएको छ । ठक्करबाट घाइते अंशुमायालाई काठमाण्डौ गंगवु स्थायी घर भई हाल उहाँ तेल अभिवको इखिलोभ अस्पतालमा उचराररत रहेको उहाँको नजिक काम गर्ने कोमल दाहाल नाम गरेकी नेपाली चेलीले जानकारी गराउनु भएको छ । उहाँका अनुसार बिरामीको अवस्था हिजोको भन्दा आज ृ झनै गम्भिर भएको र टाउको र छातीमा गहिरो चोट लागेको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि वढाएको बताइएको छ ।
बिरामीको स्थिती नाजुक हुँदै गइरहेको जानकारी हुन आएकोले हामी उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दुखद परिस्थितीमा आफुले गर्न सक्ने सहयोगको लागि अपिल गर्दछौं । उहाँको कुरुवा बस्नकोलागि तत्कालै एक जना मान्छे पनि चाहिएको जानकारी गराउददै तेल अभिल नजिक काम गर्ने कोही हुनुहुन्छ भने र समय मिल्छ भने एक पटक समय मिलाएर उहाँलाइ भेटेर आफ्नोपनको महसुस गराइ हिम्मत बढाइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं ।
सहयोगका लागि हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । ०५४६८७१२५८ कृष्ण भण्डारी