शिर्ष नेतृत्वमा कोरोना संक्रमण शुरु, नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला कोरोना संक्रमित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं – नेपालमा पनि कोरोना महामहारी झन धन भयावह  वन्दै गइरहेको छ । कोरोना महामारी समुदायमा  फैलिने क्रम बढ्दै जाने क्रममा नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संभवत नेपालको राजनितिक परिवृत्तमा शिर्ष नेतामा कोरोना संक्रमण भएको यो पहिलो केस हो । महामन्त्री कोइराललाई  स्वास्थमा सामान्य समस्या भएपछि सोमबार राति नै उहाँको स्वाव संकलन गरिएको थियोे । उहाँलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले जानकारी दिएका छन् ।

कोइरालालाई कहाँ बाट संक्रमण भएको हो भन्ने विषयमा केही खुलेको छैन ।डाक्टर कोइरालालाई कोरोना संक्रमण भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ ।केन्द्रिय सदस्य एनपि साउद लगाएत नेता तथा कार्यकर्ताले कोइरालाको स्वास्थ लाभको कामना गरेका छन ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार एक सय ३८ पुगेको छ । गएको २४ घण्टामा नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ सय दुई जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३२ हजार नौ सय ६४ जना पुगेको छ ।

अब नेपालमा १४ हजार आठ सय ६८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार तीन सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

उल्लेख्य इजरायलवासी नेपालीहरुले लिए मनोस्वास्थ्य चिकित्सकसँग परमर्श

उल्लेख्य इजरायलवासी नेपालीहरुले लिए मनोस्वास्थ्य चिकित्सकसँग परमर्श

ए वान न्युज इजरायल अलि महमद गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन आर एन ए एन सी सी )इजरायलले विश्व महामारीको रुपमा फैलिएको..