के स्यानिटाइजरको प्रयोग सही तरिकाले भइरहेको छ ? कसरी प्रयोग गर्ने स्यानिटाइजर ?

२०७७ भाद्र २३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

डा. सञ्जयवावु श्रेष्ठ

साबुनपानीले राम्रोसँग मिचीमिची हातधुनु सबैभन्दा उत्तम उपाय हो । तर कोरोना भाइरस जोखिम बढेसँगै स्यानिटाइजर प्रयोग अधिक हुने गरेको छ । स्यानिटाइजर भनेकै अत्याधिक अल्कोहलको मात्रा मिसाइएको एक एकप्रकारको रसायम हो । कोभिड १९ कोरोना महामारीका शुरु भएपछि स्यानिटाइजर प्रयोग नगरी पनि नहुने अवस्था छ । तर पछिल्लो समय जहाँ देखे पनि स्यानिटाइजर प्रयोग गरिहाल्ने प्रवृत्ति बढेको छ । यतिसम्म की कतिपयले हात मात्र नभएर अनुहारमा पनि स्यानिटाइजर दल्ने गरेको पाइएको  छ ।

FDA Says Avoid These 9 Hand Sanitizers That Contain Toxic Methanol

साबुनपानीको पहुँच नभएको अवस्थामा स्यानिटाइजर प्रयोग गर्नु निर्विकल्प छ तर स्यानिटाइजरको प्रयोग जथाभावी गर्दा त्यसले शरिरमा प्रतिकुल असर गर्न सक्छ, अनावश्यक जोखिम निम्त्याउन पनि सक्छ ।  अल्कोहलले कहिलेकाहीं छाला सुख्खा, रातो बनाइदिने र पोल्ने हुनसक्छ । गलत प्रयोगले छालामा मात्रै होइन, आँखा, ओठ र अनुहारमा पनि असर गर्न सक्छ । यसबाट एलर्जीसमेत हुनसक्ने सम्भावना छ ।

त्यस्तै, शरीरको प्रतिरोधात्मक क्षमतामा पनि असर गर्न सक्छ । कतिपयले त खाने अल्कोहल भनेर पिएको अवस्था पनि छ । कुनै पनि स्यानिटाइजरमा ६० प्रतिशत अल्कोहलको मात्रा नपुगेसम्म व्याक्टेरिया, भाइरस मार्ने क्षमता हुँदैन । अथवा, स्यानिटाइजरमा अन्य तत्व नपुगेको पनि हुनसक्छ ।

बजारमा पाइने केही स्यानिटाइजर गुणस्तरहीन पनि रहेको सुनिएको छ । औषधि व्यवस्था विभागले स्यानिटाइजरको गुणस्तर सन्दर्भमा नियमन र अनुगमन गर्न जरुरी छ ।

स्यानिटाइजर प्रयोग सबैभन्दा बढी हातमा हुन्छ । एकपटकमा ‘कति स्यानिटाइजर प्रयोग गर्ने ?’ भन्ने छैन । स्यानिटाइजर समुचित प्रयोग गर्न जरुरी छ ।

स्यानिटाइजर हातमा दलेरमात्रै हुँदैन । औंलाबीच, नङको काप, हातपछाडि भाग सबैतिर लगाउँदा राम्रो हुन्छ । गुणस्तरयुक्त स्यानिटाइजर रहेछ भने यसरी लगाउँदा व्याक्टेरिया, भाइरस मर्छन् । र, रोगबाट लड्न सहयोग पुग्छ ।
डा. श्रेष्ठ मेडिसीटी अस्पतालमा कार्यरत यौन तथा छाला रोग विशेषज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय