विश्व ब्यांकद्वारा शिक्षा क्षेत्रका लागि रु. १ अर्ब २७ करोड अनुदान सहयोग

२०७७ भाद्र १९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए1नेपाल

विश्व ब्यांकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि नेपाललाई १ करोड ८५ लाख अमेरिकी डलर (करिब रु. १ अर्ब २७ करोड) अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र विश्व ब्याकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्।

कोरोनाको संकटका बीच पनि बालबालिकाको आधारभूत शिक्षामा पहुँच कायम राख्न र सिकाईलाई निरन्तरता दिन यो सहयोग रकम खर्च गरिने बताइएको छ। शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोरोमा आकस्मिक योजनाको कार्यान्वयन तथा महामारीले शिक्षा क्षेत्रमा पारेको असरलाई कम गर्न पनि यो रकम खर्च हुनेछ ।

सहयोग सम्झौता कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख नेपालले महामारीका कारण विद्यालय बन्द भएको अवस्थामा पनि बालबालिकाको सिकाईलाई निरन्तर राख्न यो सहायता रकम प्रयोग गरिने बताए। उनले यसमार्फत दूर शिक्षाका गतिविधि गरिने र रेडियो, टीभी, इन्टरनेट लगायतका सञ्चारमाध्यममा पहुँच नभएका बालबालिकाका लागि समेत मुद्रणका सिकाई सामाग्री तयार गरिने बताए ।

विश्व ब्यांकका राष्ट्रिय निर्देशक जर्भोसले महामारीले विद्याथीहरूको सिकाईको नतिजामा गहिरो असर गरेका कारण बालबालिकाको सिकाईलाई निरन्तर राख्न यो सहयोग गरिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय