पुजारीको हत्यारालाई षडयन्त्र पूर्वक बचाउन खोजेको भन्दै मुख्यमन्त्री राउतलाई कालो झन्डा

२०७७ भाद्र १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए-वान  नेपाल

रौतहटमा गोली हानेर हत्या गरिएका पुजारी श्रीराम साहको हत्यारालाई बचाउन षड्यन्त्र गरेको भन्दै स्थानीयले  मुख्यमन्त्री  लालबाबु राउतको कार्यक्रममा कालो झण्डा प्रदर्शन  गरी विरोध जनाएका छन् ।

रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियामा प्रहरी चौकी शिलान्यास गर्न भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव सहित खेसरहिया पुगेका मुख्यमन्त्री राउतलाई  कार्यक्रम शुरु गर्न नपाउदै ठूलो संख्यामा उपस्थित स्थानीयले  कालो झन्डा देखाउनुको साथै नाराबाजी  गरेका थिए ।

वडाध्यक्ष शेख नरुल्लाहको प्रत्यक्ष संलग्नतामा पुजारीको हत्या गरिएको र निजहरू आफ्नो पार्टीको नेता भएकोले बचाउनको लागि उक्त स्थानना आएर घटनाको अनुसन्धान मोड्न षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदर्शन गर्दै मुख्यमन्त्रीलाई सचेत गराएका हुन् ।

‘पुजारी श्रीराम साह जिन्दावाद ! हत्याराहरु मुर्दावाद !, हत्यारा लुकाउने नेता चाहिदैन ! पीडितलाई जिस्क्याउन पाउदैन, पुजारी श्रीराम साहको हत्यारा बचाउने षड्यन्त्र बन्द गर !’ जस्ता नारा लगाउदै स्थानीयले प्रदर्शनसंगै मुख्यमन्त्रीको कार्यक्रम अवरुद्ध गरेका छन् ।

भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय