इजरायलमा नर्सिङ क्षेत्रका ५०० नेपालीहरु ल्याउन द्विपक्षिय सम्झौता

२०७७ श्रावण १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

लामो समयदेखि  नेपाली कामदारहरुकोलागि अवरुद्द अस्थामा रहेको इजरायलको  रोजगारी खुल्ला गर्ने विषयमा केही आशाका किरणहरु  देखा परेका छन् ।

नेपाली राजदूतावासको अथक प्रयास पश्चात नेपाली कामदारहरुलाई लिने विषयमा इजरायली पक्षलाई सकारात्मक बनाउन सफल भएको नेपाली राजदूतावासले जनाएको छ । दूतावासले आफ्नो आधिकारिक फेसवुक पेजमा   सरकारी स्तरमा एक सम्झौता गरी नेपालबाट ईजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing homes, Day care centers, etc.) मा केयरगिभर ल्याउने बाटो खुलेको जनाएको छ । जिटूजी प्रक्रिया वा अन्य कुन प्रक्रियावाट कामदार आउनेछन्   भन्ने विषयमा भने दूतावासले केही खुलाएको छैन । सम्झौता अनुसार पहिलो वर्ष करिव ५०० को संख्यामा नर्सिङ क्षेत्रका नेपालीहरु ईजरायल आउनेछन्  भने यसलाई सफल तुल्याउन सकिएमा आगामी वर्षहरुमा समेत यसले निरन्तरता पाउने दूतावासले बताएको छ  । दूतावासले समाचार सार्वजनिक गर्दै अगाडि भनेको छ –   “त्यतिमात्रै नभएर यदि यसमा हामी सफल हुन सक्यौं भने Home based caregiving sector मा सम्झौता गर्न समेत मद्दत मिल्नेछ ।”

दुतावासका अनुसार इजरायल सरकार परराष्ट्र मन्त्रालयको  संयोजनमा २८ जुलाई २०२० मंगलवार इजरायल सरकार परराष्ट्र मन्त्रालयका Consular Affairs Division प्रमुख Mrs. Stella Rapp नेतृत्वको  इजरायली टोली  र नेपाल सरकार परराष्ट्र मन्त्रालयका सहसचिव श्री हरिश्चन्द्र घिमिरे नेतृत्वको नेपाली पक्षबीच  भएको High Level Zoom Meeting मा भएको वृहत छलफलबाट दुवैपक्ष विच सम्झौता भएको थियो । बैठकमा ईजरायलका लागि नेपाली महामहिम राजदूत डा. अन्जान शाक्य, नेपालका लागि ईजरायली राजदूत Mr. Benny Omer, नेपालका लागि ईजरायली प्रस्तावित राजदूत (Ambassador Designate) Mr. Hanan Goder सहितको छलफलमा ईजरायलको Prime Minister’s Office, Ministry of Health, Ministry of Justice, Population and Immigration Authority (PIBA) लगायतका सम्बन्धित निकायका अधिकारीहरुका साथै नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक लगायत परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुको समेत सहभागिता रहेको थियो।
महामहिम राजदूत डा. अन्जान शाक्यले प्रारम्भिक चरणको छलफल भएपनि लामो प्रतिक्षा तथा अनवरत प्रयासपश्चात् नेपालबाट ईजरायलमा केयरगिभर ल्याउने प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै वहाँले दुबै मुलुक लाभान्वित हुने भएकोले यस प्रक्रियालाई छिट्टै निश्कर्षमा पुर्‍याएर आगामी दिनमा Home based caregivers ल्याउने प्रक्रिया समेतलाई पूर्णता दिन आफू सक्रियतापूर्वक लागिपर्ने बताउनुभयो।

ईजरायलीहरु नेपाल तथा नेपालीलाई निक्कै मन पराउँछन् । नेपालीहरुको ईमान्दारिता, अनि कामप्रतिको लगनशीलताबाट ईजरायलीहरु प्रभावित छन् । मिहिनेती, सीधासादा स्वभाव तथा मृदुभाषी भएकाले ईजरायलमा नेपालीहरुको माग जति छ कमाई तथा रोजगारीजन्य सुरक्षाका दृष्टिले ईजरायल पनि नेपालीको उत्तिकै रोजाइ एवं आकर्षक गन्तव्य मुलुकमा रुपमा रहेको छ। विगतमा कामदार ल्याउने विषयमा नेपाली पक्षबाट भएका  गल्तीका कारण नेपालको शाख केही गिर्न पुगेको थियो जसका कारण निरन्तर पहलका वाबजुत ईजरायली पक्षलाई सकारात्मक बनाउँदै नेपालबाट ईजरायलमा केयरगिभर ल्याउने प्रक्रियालाई पुनः सुचारु गर्न धेरै गार्‍हो भएको नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय