कोरोना भाइरस विरुद्ध लड्न खेलाडीहरुको भिडियो सन्देश

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २१, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

भारतीय फुटबल स्टार एवं राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री, अर्जेन्टिनी फरवार्ड लिअनल मेस्सी लगायत स्टारहरुले फिफाले कोरोना भाइरस कोभिड १९ विरुद्ध जनचेतना जगाउन भिडियोमा सन्देश दिएका छन् । विश्वभरका वर्तमान र पूर्व खेलाडी गरी २८ जनाले सन्देश दिएका छन् ।

विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सहकार्यमा कोरोनाबाट बच्नका लागि अभियान चलाउने तयारी गरिरहेको छ । जसमा विश्वका चर्चित वर्तमान र पूर्व खेलाडीहरुलाई प्रयोग गर्न लागिएको छ । कोरोनाको संक्रमणबाट जोगिनका लागि ५ वटा उपाय सो भिडियो सन्देशमार्फत दिइने बताइएको छ ।

भिडियोमा पास द म्यासेज टु किक आउट कोरोना भाइरस भन्ने सन्देश रहेको छ । भिडियोमा डब्लूएचओको मार्गनिर्देश अनुसार हात धुन, खोक्दा सदाचार अपनाउन, अनुहारमा नछुन, शारीरिक दूरी र घरमै बस्न आग्रह गरिएको छ । यस्तो भिडियो सन्देश १३ भाषामा निर्माण गरिने जनाइएको छ । जसमा २८ खेलाडी प्रयोग गरिने बताइएको छ ।

जसमा क्षेत्रीसँगै फुटबलका चर्चित मध्येका एक लियोनल मेस्सी, विश्व कप विजेता फिलिप लाहम, इकर कासिलास र कार्लोस पुयोल प्रयोग हुने बताइएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो कोरोना भाइरसको महामारी विरुद्धको सन्देश दिनका लागि सुरुवातबाट सक्रिय भएका थिए ।

फिफाले डब्लूएचओको कोभिड १९ विरुद्धको अभियानका लागि १० मिलियन डलर आर्थिक सहयोग गरिसकेको छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..