इजरायलको तेलअभिव क्षेत्रमा रहेका विदेशी नागरिकहरुको निशुल्क कोरोना परिक्षण गरिदै

२०७७ जेष्ठ १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इजरायलको तेलअभिव आसपासमा कार्यरत र विरोजगारी अवस्थामा अपार्टमेन्टहरुमा बसोवास गरिरहेका विदेशी तथा शरणार्थीहरुकोलागि निशुल्क कोरोना परिक्षण हुने भएको छ ।

तेलअभिव-याफो नगरपालिकाको समन्वयमा मागेन्दावीद आदोम (इमर्जेन्सी एम्वुलेन्स सेवा), इखिलोप अस्पातल, मिशिला सामाजिक संघ संस्थाहरुको संयुक्त पहलमा निशुल्क कोरोनाको टेस्ट गरिने भएको  हो ।

कोरोनाको लक्षण देखिएका, वा नदेखिएका निरोगीहरु (no matter if they have symptoms or not) समेत गरी प्रत्येक व्यक्तिले जाँच गर्न सुझाव दिदै उल्लेखित स्वास्थ्यप्रद संघ संस्थाहरुले विशेष गरेर शरणार्थीहरु, भिषा भएका वा नभएका विदेशी कामदारहरुको सुविधाको लागि निशुल्क कोरोना जाँचको व्यवस्था गरिएको बताइएको छ ।

कोरोना जाँचकोलागि मेडिकल इन्सुरेन्स नभएका र भिसा समेत नभएकाहरुलाई समेत निशुल्क परिक्षण सुविधा दिने उक्त शिविर १ जुन सोमवार (भोलि) तेलअभिवको Hagalil Street 6 मा विहानको ठिक १० बजेदेखि ३ बजेसम्म आफ्नो मिडिकल कार्ड वा पासपोर्ट सहित उपस्थित हुन अरोध गरिएको छ । शिविर आयोजकले परिक्षणको क्रममा इमिग्रेसनले कुनै वाधा नपुर्याउने प्रष्ट गरेको छ । यदि कसैमा कोरोना संक्रमण भएको पाइएमा उनीहरुलाई निशुल्क उपचार गराइने पनि आयोजकले बताएका छन् ।

विशेष गरेर बेरोजगार र नयाँ काममा जानुपर्ने अवस्थामा रोजगारदाताले कोरोनाको परिक्षण गरे नगरेको सोधखोज गरिरहेको अवस्थामा विदेशी वेरोजगार कामदारहरुलाई यो सुवर्ण अवसर हुनेछ ।

विस्तृत जानकारीको लागि माथि राखिएको पम्प्लेट हेर्न सक्नुहुनेछ ।

इजरायलमा कोरोना संक्रमितहरुको संख्या पछिल्ला केही साता कम भएपनि लकडाउन हटेर जनजिवन सामान्य हुदै गएपछि गएका केही दिनमा पुन ह्वात्तै बढेको पाइएको छ । दैनिक  २०/२२  जनाको हाराहारी संक्रमित र कुनै दिन सुन्य  संख्यामा नयाँ संक्रर्मितहरु भेटिइरहेको अवस्थामा विहिवार र शुक्रवार मात्र ह्वात्तै बढेर ११५ जना नयाँ संक्रमितहरु थपिएका थिए भने आइतवार विहानको इजरायल सरकार स्वास्थ्य मन्त्रालयले पुष्टी गरे बमोजिम २४ घण्टामा  १५ जना नयाँ संक्रमित डाइग्नोसिस गरिएको थियो । संक्रमितहरु वढ्दै जादा जनजीवन केही त्रासमय भएपनि इजरायल सरकारले कुनै नयाँ रेगुलेसन जारी गरिसकेको छैन तर पनि केही इजरायली संचार माध्यमहरुले विदेशी कामदारहरु र इजरायलमा आसिन शरणार्थीहरुमा कोरोनाको जोखिम उच्च रहेको समाचारहरु सार्वजनिक भएका थिए । त्यससँगै ठूलो संख्यामा विदेशीहरु बसोवास गर्ने क्षेत्रलाई मध्यनजर गर्दै कोरोना परिक्षण शिविरको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय