केन्द्र सरकार भन्दा स्थानिय सरकारमा वढि चिन्ता, सीमामा काँडेतार किन लगाइयो ?

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

ठोरी (पर्सा)

भारतीय पक्षले सिमाना अतिक्रमण गरेर विभिन्न क्षेत्रमा नेपालीहरुलाई तनाव दिईरहेको बेला देशैभर सिमानामा काँडेतार लगाउने विषयमा बहस चलिरहेको छ । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार लगाएका छन् ।

वडाध्यक्ष सूर्य लामा (ठोरी गाउँपालिका वार्ड नम्वर ३

ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् ।वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए । कोरोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।

अध्यक्ष सूर्यबहादुर लामाले शुक्रवार बीबीसीसँग कुराकानी गर्दै ‘भारतीय पक्षबाट हुने दुर्व्यवहार रोक्न र जङ्गली जनावर नियन्त्रण गर्न’ काँडेतार लगाएको बताएका छन् ।  उनले केही साताअघि भारतीय अधिकारीहरूले ‘काँडेतार नलगाउनू’ भनेपछि सो कार्य रोकिएको पनि बताएका छन्  ।   भारतीय पक्षको अवरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ ।

वडाध्यक्ष लामाले भने शनिवार पनि आफूले “भारतीयको दुर्व्यवहार रोक्न र जङ्गली जनावरबाट बालीनाली बचाउन” काँडेतार लगाउने प्रस्ताव गरेर गाउँपालिकाबाट बजेट स्वीकृत गराएको दाबी गरे। उनले बजेटको शीर्षकमा समेत ‘बोर्डरको सिमानामा काँडेतार’ भन्ने राखिएकाले यसलाई जनावर नियन्त्रणका लागि मात्र लगाइएको भन्न नमिल्ने दाबी समेत गरेको विविसीले जनाएको छ ।

लामाले कतिपय नेपाली नागरिकको जमिन ‘भारतले पिलर सारेपछि भारततर्फ परेको’ दाबी गर्दै त्यस्ता गतिविधि रोक्न पनि काँडेतारको माग भएको बताए।

उनले भने, “जहिले पनि सिमानाको विवाद भइरहने र साथसाथै जनताकै माग भयो कि कमसेकम तपाईंहरूले काँडेतार लगाइदिए हाम्रो बालीनाली पनि जोगिन्छन् र इन्डियाले सीमा पनि मिच्न पनि त्यत्ति सक्दैन, गाह्रो पर्छ भन्ने कुरा जनताको माग भएर नै गाउँपालिकामा बजेट माग गर्‍यौँ हामीले र बजेट माग गरेपछि अनि त्यो काम सुरु गरेको हो।”

उनले एउटै काँडेतारले दुईवटै काम गरोस् भन्ने उद्देश्यले काम गरेको जनाउँदै आफूले अन्तर्राष्ट्रिय कानुनविपरीत नगरी दशगजा छाडेर नै काँडेतार लगाएको बताए।

लामले चित्त नबुझे जसले पनि स्थलगत निरीक्षण गरेर हेर्न सक्ने तथा बजेटको शीर्षक हेर्न सक्ने बताए।

उनले भने, “यो लगाएपछि जनावरले पनि दु:ख दिएको छैन, भारतीयले पनि त्यति हेपेका छैनन्। चोरीसिकारी पनि रोकिएको छ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

रमेश जोशी चीनको वुहान शहरबाट शुरु भइ बिश्वभर फैलिएको Covid-19 महामारीबाट नेपाल र इजरायल पनि अछुतो रहन सकेन । पछिल्लो समयमा नेपाल तथा इजरायलमा कोरोना..