
विश्व नर्स दिवसको उपलक्ष्यमा सम्पुर्ण नर्सहरुलाई हार्दिक शुभकामना।
-बिद्या जोशी कोईराला , नर्सिङ सुपरभाईजर
शहिद गङ्गालाल रार्ष्ट्रिय हृदय रोग केन्द्र, बासबारी, काठमाडौ
नहेप्नु म र मेरो पेसालाई
किनकी जाडोको मध्य रातमा
पिडाले छटपटाएकि कसैकी आमालाई
समयमा औषधी खुवाएकि छु मैले
सुन तिमी जो कोहि भयेपनी
तिमी दिनमै निदाएर बस्दा
तिम्रो बुबालाई अक्सिजन दिएर
उनको सास फरकाएकिछु मैले
होच्याएर नबोल मसगँ
मेरो बच्चा घरमा भोकै रखि
मेरो पैसाले तिमीलाई पेटभरि
भात खुवाएकिछु मैले
सानो ठान्न जरुरी छैन मलाई
आफ्नै शरीरको रगत दान गरि
कसैको छोरा मुटुको टुक्रा
उसको जीवन बचाएकि छु मैले
दशैको बेला अरुले निधारमा
टीका थापिरहेको समयमा
रित्तो निधार बसेर भयेपनी
मानिसहरुको सेवा गरेकैछु मैले
सम्झिदा कस्तो कस्तो लाग्छ तिहारमा
आफ्नो भाइको निधार रित्तो रखी
जोरो आएर तडपिएको तिम्रो भाइको
निधारमा पानी पट्टि लगाएकिछु मैले
होलिको रङ्ले रङ्गिने बेला
छुटि नपाएर आसु बगाउँदा
परिवर सग म बस्न नपाउदा
मेरो आसु लुकाएकिछु मैले
कतै जान र समयमा खान नपाउदा
जात पात तराई पहाड कोहि नभनी
सक्दो सहयोग गरेकिछु मैले
गर्व गर्छु आज म, नर्स पढेकिछु मैले