“मेरो छिमेकी”

२०७७ बैशाख २९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

 

 

 

 

 

 

 

 

 

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

मेरो छिमेकी असाध्यै माहिर छ
हातमा हात मिलाउन चिप्ला कुरा गरेर
हाम्रा घरको मुलिलाई काधमा धाप लगाउन
कहिले जेठालाई कहिले माहिलालाई
पालै पालो धाप मार्दै
भित्र भित्र षड्यन्त्रको जालो बुन्न
मेरो छिमेकी असाध्यै माहिर छ

मिठा मसिना स्वरहरुलाई हतियारको रुपमा प्रयोग गरेको
थाहै छैन हाम्रा जेठाबालाई
औंलो घुमाउदा फनक्क घुम्छन यिनका नजर
हात मिलाउदा आफुमा अभिमानको छाप देख्ने
हाम्रा जेठाबालाई
छिमेकीले साध मिच्दै आफ्नो ईतिहास रच्न
बेला बेलामा कलो फ्याकी दिन्छ
त्यसैले हाम्रा जेठाबा चुप लागिदिन्छ्न
मेरो छिमेकी असाध्यै माहिर छ

गोरे जुठे भुन्टी साध मिच्यो लौन साध मिच्यो
छिमेकीले हामिलाई हेप्यो
म मेरो बाजेको अंश बित्ता दिन्न
जोड जोडले बिद्रोह गरेको बेला
उता मेरो छिमेकी योजना बनाई रहन्छ
त्यस्तो सितल सुरम्य पहाडमा बडे बडे बङ्गाला बनाएर
हिमालबाट बग्ने झरनाको चिसो पानीको चुस्की लिनपाए
आहा स्वर्गीय आनन्द
यता जेठाबालाई मीठो मुस्कानका साथ
कुछ भि कर्ने के लिए हम तयार हे आप के लिए
और आपके जनताके लिए
जेठा बा मख्ख
मेरो छिमेकी असाध्यै माहिर छ

मेरो घरका प्रत्येक धुरी धुरीबाट धुवा निस्केको
देख्न सक्दैन
हाम्रा दाजुभाई मिलेको हेर्न सक्दैन
त्यसैले पालै पालो कहिले दाईलाई भेट्छ कहिले भाईलाई
मेरा जेठादाई र भाई किचलो निकाल्छ्न
कुरै नबुझी छिमेकिको षड्यन्त्रको अग्निमा
त्यही मैकामा
सहयोगको चिप्लो चिल्लो शब्द घसार्दै
साझ साझमा किल्ला सार्छ
मेरो छिमेकी असाध्यै माहिर छ

जब भाई भाईलाई छुट्टाछुट्टै कान फुक्छ
तब मेरा भाईहरु बटारिन थाल्छ्न
अभिमानको घडा छ्चल्काउन थाल्छ्न
मैका त्यही छोपी
मेरो छिमेकी साध सार्न थाल्छ
सुन मेरा भाई हो
यति नालायकी र लाचार होईन्न नि तिम्रा पू्र्खा
पुर्खाले जुन नेपालको किल्ला तिमिलाई सुम्पेका थिए
तिमी बाउ हुनाको नाताले पनि
त्यति र त्यही भुमी
ती तिम्रा सन्ततिलाई भोलि बुझाउनु छ
सरम मान्नु छ तिम्रा सन्ततिको
किन कि आफुले पू्र्खाबाट बुझेको सिङ्गो नेपाल
लाचार भै टुक्रिएको नेपाल बुउझाउन
सक्छौ कसरी तिम्रा सन्ततिलाई!!!

सानू कुवँर 2077/1/ 28
प्युठान

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय