
-रोहित भण्डारी, MScMLS, MLS(ASCP)
भाइरस कति समय सतहमा बाच्दछ भन्ने कुरा त्यो सतह के र कस्तो पदार्थबाट बनेको छ? भन्ने कुरामा भर पर्छ। कोभिड-१९ सक्रमित व्यक्ति ले खोक्दा वा हाछ्यु गर्दा आउने साना साना छिटा जसलाई अंग्रेजी भाषामा ड्रपलेट भनिन्छ। तिनीहरुलाई समिपमा रहेको व्यक्तिले श्वासप्रश्वासको माध्यमबाट ग्रहण गर्दछ अनि उ पनि सक्रमित हुन्छ। त्यसका अलावा ति छिटाहरु बिस्तारै वरिपरी रहेका समान लगायत भुइमा खस्दछन। ति साना-साना छिटाहरु अर्को व्यक्तिले अन्जानमा मुख्यतया हातको माध्यमबाट जहाँ जहाँ छोयो त्यहि सर्ने गर्दछन। धेरैजसो हातहरुले मुख, आखा र नाकमा छुने गर्दछन र त्यसरी पनि भाइरस शरीर भित्र छिर्दछ। त्यसै कारणले स्वास्थ्यकर्मीहरुले मुख, आखा तथा नाकमा हातले नछुन र बीच-बीचमा साबुन पानीले हात धोइराख्न सल्लाह दिईरहेका छन् । अहिले पनि कोरोना भाइरस अत्यधिक फैलिरहेको छ र अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीहरु यो भाइरस शरीर बाहिर कति समय सम्म बच्न सक्छ भन्ने कुराको यकिन गर्न प्रयासरत छन्।
के कस्तो सतहमा कोरोना भाइरस कति समय बच्दछ?
भाइरस सामान्यतया खस्रो,स-साना प्वाल र खाल्डाखुल्डी भएको सतहमा बस्न रुचाउदैन। यसले समथर र चिल्लो तथा सजिलो ठाउँ जस्तै ढोकाको गराली र ह्यान्डलमा बस्न मन पराउछ।अलिक अस्ति नै भएको एउटा अनुसन्धानले कोरोना भाइरस विभिन्न सतहहरुमा बाच्न सक्छ भन्ने कुरा पत्ता लगाएको थियो। जसानुसार भाइरस सतहको प्रकृति अनुसार तीन घण्टा देखि सात दिन सम्म बाच्न सक्छ जस्तै:
शिशामा-५ दिन
काठमा-४ दिन
स्टिल र प्लास्टिक- ३ दिन
दप्ति(कार्ड बोर्ड)-२४ घण्टा
तामा-४-घण्टा
जुनसुकै सतहमा भएपनि समयसंगै भाइरस बिस्तारै निस्क्रिय हुदै जान्छ र त्यसको सक्रमण क्षमतामा पनि ह्रास आउछ। दप्ति(कार्ड बोर्ड) मा सुक्ष्म प्वाल हुने हुनाले त्यहाँ भाइरस धेरै समय सक्रिय रहन सक्दैन.।लुगाफाटाहरुमा पनि भाइरस धेरै समय बाच्न सक्दैन अनुसन्धान अनुसार लुगाफाटाहरुमा भाइरस एकदिन भन्दा कम समय सक्रिय रहन सक्छ।
कति भाइरसले सक्रमण गर्ने क्षमता(इन्फेक्सियास डोज) राख्छ?
खासमा बिना आश्रय( विदआउट होस्ट) भाइरस लामो समय सक्रिय हुन्न भन्ने कुरा त यहाहरुलाई थाहा भईहाल्यो। त्यसको अर्थ भाइरस मान्छेको शरीरमा पस्ने र आफुलाई सबै भन्दा अनुकुल हुने ठाउ(फोक्सो) मा गएर आफ्नो अत्यधिक बृदी गर्ने गर्दछ । जब भाइरस कुनै सतह जस्तै कुर्ची, टेबलमा बस्छ त्यो तुरुन्तै निस्क्रिय हुन थाल्छ। अनुसन्धानहरुका अनुसार जब सक्रमित व्यक्तिले खोक्ने वा हाछ्यु गर्ने गर्छन करोडौको संख्यामा भाइरसहरु सतहमा हुन सक्छन तर ति बिस्तारै मर्छन केहि अति नै बलिया र सक्रिय भाइरसहरुले सक्रमण गर्छन भन्ने पनि कुनै बलियो आधार अहिले सम्म पत्ता लागेको छैन। त्यसैले कुनै सतहमा भाइरस भेटिदैमा तिनीहरुले कसैलाइ सक्रमित गर्छन भन्ने कुरा पुस्टि भइसकेको छैन। कति सख्यामा भाइरस शरीरमा ग्रहण भएमा त्यसले सक्रमनाका लक्षणहरु देखाउछ भन्ने कुरा अनुसन्धानको बिषय हो।
चिठी-पत्र र कागजमा कोरोंना भाइरस कति समय बाच्न सक्छ?
माथि उल्लेख गरे जस्तै कागज पत्रहरुमा सुक्ष्म छिद्रहरु हुन्छन जुन कुरामा भाइरस धेरै समय सक्रिय हुदैन। भाइरसले चिल्लो र मिलेको सतह मन पराउछ। त्यसकारण कागज पत्र बाट भाइरस सर्ने सम्भावना कम हुन्छ। तर अहिले साबधानी अपनाउनु नै राम्रो हुन्छ। यसको बारेमा तथ्य सत्य कुरा समय संगै अनुसन्धान पछी बाहिर आउने नै छन्।