एनआरएनए इजरायलकी अध्यक्ष शान्ती अधिकारी ज्ञवालीद्वारा पदबाट राजिनामा

२०७७ बैशाख १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज इजरायल

एनआरएए-एनसिसी इजरायलकी अध्यक्ष शान्ती अधिकारी ज्ञवालीले पदबाट राजिनामा दिएकी छिन् । ज्ञवालीमाथि एउटी नेपाली भाषी भारतिय पासपोर्ट वाहक नेपाली चेलीले आफूले गर्दै आइरहेको काम खोसेको भन्ने आरोप रहेको छ ।

अध्यक्ष ज्ञवालीले सामाजिक सञ्जालहरुमा व्यक्तिगत चरित्र हत्या हुने गरि आफूमाथि गम्भिर आरोपहरु लगाइदै आइरहेको र सिंगो संस्थाकै गरिमामाथि समेत आँच आउने गरी गतिविधीहरु भएको भन्दै पदवाट राजिनामा दिएकी हुन् ।

एनआरएनए-आइसिसी इजरायललाई सम्वोधन गर्दै लेखिएको उक्त राजिनामा पत्रमा भनिएको छ – “एउटा गरिमामय संस्थाको अध्यक्ष माथि वास्तविकता वुझेर होस या नवुझीकनै, या वुझपचाएर होस् या व्यक्तिगत रिसइवी साँचेर होस यसरी भइरहेको एकोहोरो प्रहार सहन सक्ने क्षमता मसँग नभएको होइन” भन्दै अगाडि भनिएको छ –   “नितान्त मेरो व्यक्तिगत विषयलाई समेत गरिमामय संस्थासँग जोडेर जुन किसिमले बद्नाम गर्ने कोसिस गरियो यसले ममाथि मात्र नभई सिंगो संस्थाको औचित्य र  नैतिकतामाथि समेत गम्भिर प्रश्नहरु खडा भएका छन् । त्यसैले म संस्थाको गरिमालाई सदैव उच्च सम्मान गर्दै त्यसको रक्षार्थ यस गरिमामय संस्थाको गरिमामय पदबाट राजिनामा दिएको घोषणा गर्दछु ।“

करिव डेढ महिना अघि अध्यक्ष ज्ञवालीको गर्दै आइरहेको रोजगारी समाप्त भएपछि उनी इलिगल अवस्थामा रहने अवस्था पुगेकी थिइन । करिव दुई बर्ष वढी अघिदेखि एउटै रोजगारदाताबाट काम गर्दै आइरहेकी ज्ञवालीको करिव ४ महिना देखि मात्र काम गर्दै आइरहेकी पिडित भनिएकी नेपाली भाषी चेली ज्योती क्षेत्रीले गर्दै आइरहेको काममा सहज रुपमा भिषा लाग्ने अवस्था रहेको र रोजगारदाताले पनि पुरानो कामदारलाई नै प्रायोरिटी दिई भिषा लगाइदिने भएपछि क्षेत्री बेरोजगार बन्न पुगेकी थिइन । क्षेत्रीले बिहिवार राती उनले गरिरहेको कामबाट वाहिरिदै अध्यक्ष ज्ञवालीले आफ्नो काम खाइदिएको भन्दै फेसवुकमा लाईभ दिदै नेपालीहरुमाझ गुनासो गरेपछि ज्ञवालीले त्यसमा नैतिक जिम्मेवारी लिदै पदबाट राजिनामा दिएकी हुन् ।

चितवन समाज इजरायलको संस्थागत अध्यक्ष, वर्तमान सल्लाहकार  ज्ञवालीले एनआरएनए-एनसिसी इजरायलको सन्  ०१७-०१९ कार्यकालमा बरिष्ठ उपाध्यक्ष भई काम गरेकी थिइन भने तत्कालिन अध्यक्ष छिरिङ लामा शेर्पा स्वदेश फिर्ता भएपछि कार्यसमितिको वहुमतबाट बाँकी अवधी अध्यक्ष भई काम गरेकी थिइन भने  सन् २०१९ सेप्टेम्वरमा भएको संस्थाको  अधिवेशनले सन्  ०१९-०२१ कार्यकालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन ।

राजिनामाको पूर्ण अंश :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय