इजरायलमा कोरोनाका कारण संभावित जोखिमलाई सम्वोधन गर्न तदर्थ समिति गठन

२०७६ चैत्र २४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

एनआइ न्यूज इजरायल

इजरायलमा रहेका नेपालीहरु COVID-19 कोरोना भाइरसका कारण पर्न सक्ने सम्भावित जोखिम र बेरोजगारी अवस्थामा रहेका नेपालीहरुको यथोचित सहयोगकोलागि एकताबद्द भएका छन् ।
नेपाली राजतदूतावास इजरायलले आज एउटा सुचना जारी गर्दै कोरोना भाइरस (COVID-19) का कारण समग्र विश्व समुदाय नै विविध संकटहरुसँग जुधिरहेको वर्तमान परिस्थितिमा ईजरायलमा रहनुहुने नेपालीहरुको सुरक्षा तथा हकहितका लागि आपसी समन्वय र सहकार्य बढाउने उद्देश्यले दूतावास र ईजरायलमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बीच भएको छलफलको निर्णय बमोजिम एनआरएनए-एनसिसी इजरायलका वरिष्ठ उपाध्यक्ष श्री गणेश गिरीको संयोजकत्वमा नेपाली राजदूतावास र इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुको प्रतिनिधित्व रहेको १३ सदस्यीय तदर्थ समिति गठन गरिएको जनाएको छ ।
समितिको संयोजकमा एनआरएनए-एनसिसी इजरायलका वरिष्ठ उपाध्यक्ष गणेश गिरी रहेका छन् सदस्यहरुमा एनआरएनए-एनसिसी इजरायलका प्रवक्ता भोजराज क्षेत्री, आदिवासी जनजाति महासँघका अध्यक्ष तारा काउचा मगर, तमु समाज इजरायलका अध्यक्ष ओम गुरुङ, प्रवासी नेपाली एकता मञ्च इजरायलका अध्यक्ष तिर्थ गौतम, नेपाली जनसम्पर्क समिति इजरायलका सभापति खगेश्वर अधिकारी, नेपाली समाज इजरायलका अध्यक्ष सुन्दरसिंह लामा तामाङ, नाराकी लागि नारी रु १ करोड १ अक्षयकोषकी संस्थापक सदस्य नितु खतिवडा, हिन्दु जागरण नेपाल अभियान इजरायलका संस्थापक संयोजक राम गोपाल भण्डारी, झापाली समाज इजरायलका अध्यक्ष सन्दिप भण्डारी, अन्तराष्ट्रिय कलाकार मञ्च शाखा इजरायलकी अध्यक्ष कादम्वरी दाना श्रेष्ठ, संचारकर्मी विवि लामा तामाङ र संचारकर्मी सुनिल श्रेष्ठ रहेका छन् ।
नेपाली राजदूतावास इजरायलको आधिकारीक फेसवुक पेज मार्फत सार्वजनिक गरिएको उक्त COVID-19 pandemic का कारण उत्पन्न हुन सक्ने समस्याहरुको पहिचान तथा सो को निराकरणका लागि छलफल शुरु गर्न संयोजकले समितिको पहिलो वैठक आह्वान गरी औपचारिक कार्यप्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।

गत साता इजरायलमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधी तथा समाजसेवी नेपालीहरु र नेपाली राजदूतावास विच भएको छलफल पश्चात नेपाली राजदूतावास इजरायलले एनआरएनए-एनसिसिसी इजरायलको संयोजकत्व तथा नेपाली राजदुतावासको सदस्य सचिव रहने गरी एउटा तदर्थ समिति गठन गर्न एनआरएनए इजरायललाई पत्राचार गरेबमोजिम इजरायलमा रहेका सामाजिक, राजनितिक, धार्मिक, क्षेत्रिय तथा संचारकर्मीहरु समेतको यथोचित प्रतिनिधित्व हुने गरी १३ जनाको नामावली नेपाली राजदूतावासमा पठाइएको एनआरएनए-एनसिसी इजरायलकी अध्यक्ष शान्ती अधिकारी ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय