“कोरोना, चिप्स र चेतना”

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७६ चैत्र २२, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

न रकेट लञ्चर, न ट्याँक र युद्धपोत, न त कुनै युद्धक बिमान

न त युद्ध मैदान, न त लाखौं लाख सिपाही, न त घोषित शत्रु

तर पनि भयानक महायुद्ध दिनदिनै निरन्तर चलीरहेछ

एउटा अकल्पनीय क्षति व्यहोर्दै मानव जाति हारीरहेछ

चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाल्न सोच्नेहरु

पृथ्वीलाई धेरैपटक ध्वस्त पार्न सक्ने क्षमता राख्नेहरु

हेर, आज अर्ध जिवित भाईरससंग सारा जगत हारीरहेछ

अनि सारा संसार असह्यै पीडाले छटपटी रहेछ

राजनैतिक र जातीय स्वार्थमा धर्तीलाई टुक्रा टुक्रामा बाँड्नेहरु

आफैंलाई सर्वोपरी ठानी अरुको अस्तीत्व नस्वीकार्नेहरु

हेर, तिम्रै कारण संसार आज डर र त्रासले कामीरहेछ

अनि लाखौं प्राण जोखिम र गुमाईले संसार रोईरहेछ

विज्ञान र प्रविधिलाई विनासको हतियार बनाउनेहरु

स्वार्थबस् प्राणी र प्रकृतिको सहअस्तीत्व नमान्नेहरु

तिम्रा कदम समग्र संसारको बिनासको कारण बनीरहेछ

तिम्रा अविवेक र अभिमानको बिष प्रकृतिले बमन गरीरहेछ

संसारलाई आफ्नो मुठीमा कैद गर्न खोज्नेहरु

मानव चेतनामाथि चिप्सको विस्थापन रोज्नेहरु

हेर, तिम्रा असफलताका परिणाम संसारले भोगीरहेछ

तिम्रा महत्वकाँक्षाको आगोमा संसार जलीरहेछ

एकाथरी, “चिप्स”ले संसार चलाउन खोज्ने तिमी गन्यहरु

अर्काथरी, “न चिप्स न चेतना” युक्त  तिमी शुन्यहरु

अब त ब्यूँझ बुझ,

जीवन र जगत स्वतन्त्र नभै पारस्परिकतामा निर्भर छ

जीवनको सारत्व आफू एक्लैमा होईन करोडौंमा सवार छ ।

बाबुराम खत्री

धापासी काठमाण्डौं,

हाल एक्रोन ओहायो, अमेरिका

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..