इजरायलमा कोरोना भइरसबाट संक्रमित हुनेहरुको संख्या ८८३ पुग्यो, एकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७६ चैत्र ८, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

विश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको  COVID-19 कोरोना भाइरसबाट हालसम्म इजरायलमा ८८३ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको इजरायल सरकार स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै इजरायली संचार माध्ययमहरुले जनाएका छन् ।
शुक्रवार विहान इजरायल सरकार स्वास्थ्य मन्त्रालयले  सार्वजनिक गरेको डाटा अनुसार गएको २४ घण्टामा १८० जना नयाँ विरामीको के टेस्ट पोजेटिभ भेटिएको जनाइएको छ ।

इजरायलमा COVID-19 कोरोना भाइरसबाट मृत्यु हुने पहिलो रेकर्ड दर्ज भएको छ । सार्वजनिक तथ्यांक अनुरुप अहिले ८१२ जना साधारण रुपमा भाइरसबाट संक्रमित, १९ जना मध्ययम रुपमा संक्रमित  र १५ जना सिकिस्क अवस्थामा रहेको बताइएको छ भने हालसम्म संक्रमणबाट ३६ जना पूर्ण रुपमा निको भएर डिस्जार्ज भइसकेका छन् ।  शुक्रवार विहानदेखि २४ घण्टामा मात्र  २१ जना थप विरामीहरु पुूर्ण रुपमा निको भएको बताइएको छ ।

मृत्यु हुनेमा ८८ बर्षिय वृद्द रहेका छन् । उनको शुक्रवार साँझ सारिक शेदेक मेडिकल सेन्टर जेरुशलेममा निधन भएको थियो ।

इजरायली संचार माध्यमका अनुसार अन्य ३ जना पनि सिकिस्त अवस्थामा रहेका छन् । उनीहरु मध्ये बिहिवार साँझ मात्र  हदासा एन्केरेम जेरुशलेममा भर्ना गरिएकी ८९ बर्षिया वृद्दाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस्तै हसारोन हस्पिटल वेतातिक्वामा उपचाररत ८२ बर्षिय वृद्द र वल्फसन मेडिकल सेन्टर खुलोनमा उपचाररत ९१ बर्षिया वृद्दाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । उनी संभवत इजरायलमा कोरोना भाइरसबाट पिडित सबैभन्दा वृद्दा महिला रहेको बताइएको छ ।

इजरायल सरकारले कोरोना भाइरसका विरामीहरु एक पछि अर्को गर्दै बढ्दै गइरहेपछि यसलाई उच्च प्राथमिकतामा राखी  जनताको स्वास्थ्यको सुरक्षाको लागि युद्धस्तरमा स्वास्थ्यकर्मीहरु परिचालन मात्र गरेको छैन् रोकथामका लागि ठोस कदमहरु पनि चालिरहेको छ । गत बिहिबार मात्र प्रधानमन्त्री विवि नेतान्याहूले इजरायली जनातालाई सम्वोधन गर्दै  जनस्वास्थ्य सङ्कटकालको घोषणा गरेका छन् ।  उनले ७ दिनको लागि आफ्ना नागरिकहरुलाई घर भित्रै रहनुको साथै सरकारले जारी गरेको निर्देशनहरुलाई पालना गर्न आदेश जारी गरेका छन् ।  सरकारको आदेश उलंघन गर्नेहरुलाई जरीवानासहित कानुनी सजायको व्यवस्था गरिएको छ भने आदेशलाई नियमन गर्न चेकजांच गर्न सरकारी अधिकारीहरु पनि खटाउने जनाएको छ ।

जनस्वास्थ्य सङ्कटकालको बेला अत्यावश्यक  बाहेक अन्य कामको लागि घर बाहिर हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा  सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

ए1न्यूज इजरायल एनआरएनए-एनसिसी इजरायलले चर्चित पव्लिक स्पिकर रमेश प्रसाईको उपस्थितीमा आयोजना गरेको प्रतियोगितामा कैलालीका रमेश जोशीले पहिलो स्थान हात पारेका छन् । जोशी करिव डेढ..