इनास आठौं युरोप महादेशीय कार्यक्रमको लागि अष्ट्रियामा अडिशन सम्पन्न,

द्वारा प्रकाशित गरिएको हो |
२०७६ फाल्गुन १२, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

ए वान न्यूज अष्ट्रिया, शुभद्रा भण्डारी

इनास को आठौँ युरोप महादेश स्तरीय कार्यक्रम अन्तर्गत आगामी ३ र ४ अप्रिलमा जर्मनीको म्युनिख शहरमा हुने युरोप महादेश स्तरीय एकल नृत्य तथा गायन प्रतियोगिताको लागि इनास र नेसास अष्ट्रियाको संयुक्तरूपमा आयोजित अडिशन अत्यन्तै मनोरन्जनात्मक माहोलमा सम्पन्न भयो । अष्ट्रियाको प्रतिनिधित्व गर्दै गायन र नृत्यमा २-२ जना प्रतियोगीहरूले सहभागिता जनाउनेछन्, जसमा गायनतर्फ सुरज थापा र शेखर लामा र तथा नृत्यतर्फ नविन कार्की र सियोन लालचन चयन भएका छन् ।
आयोजक दुवै संस्थाका उपाध्यक्षद्वय रूकमिणी पौडेल र सम्झना वोहोराले उपस्थितहरूलाई स्वागत गर्दै संस्थाको तर्फवाट छोटो मन्तव्य राखेका थिए । अनौपचारिक रूपमा संचालित उक्त कार्यक्रममा प्रतियोगीहरूले मात्र नभई अन्य कलाकारहरूले समेत विभिन्न विधामा आफ्नो कला प्रश्तुत गरेका थिए । कला प्रश्तुत गर्नेहरूमा नविन कार्की, सुरज थापा, सियोन लालचन, शेखर लामा, निपुन लामा, मनिराज थेवे लगायतका कलाकारहरू रहेका थिए भने कार्यक्रमको संचालन आयोजक संस्थाका अध्यक्षद्वय सन्तोषी भण्डारी र रमेश खड्काले अत्यन्तै सांगितिक माहोलमा गरेका थिए ।
विगत लामो समयदेखी प्रवासी भूमी अष्ट्रियामा स्थापना भई नेपालको कला, संस्कृती , भाषा तथा नेपालीहरूको पहिचान फराकिलो वनाउन सफल संस्था नेसास र देश तथा विदेशमा रहेका श्रष्टा सर्जक , कलाकर्मी कला तथा कला अनुरागी र साधकको साझा घरको रूपमा स्थापित संस्था इनास, दुवै संस्थाका महानुभावहरूले अन्तराष्ट्रिय मंचमा जान छनौट भएकाहरूलाई शुभकामना दिदै, सदैव यस्तै किसिमको सहकार्य हुन सकेमा समाज तथा भावी पुस्तामा सकारात्मक शन्देश जाने वताएका थिए ।

आगामी ३ र ४ अप्रिलमा जर्मनीको म्युनिख आयोजित कार्यक्रममा आयोजक टिम इनासद्वारा फोटो तथा भिडियोग्राफीको लागि नियुक्त भएका इनास अष्ट्रियाका महेन्द्र लिम्वुले उक्त कार्यक्रमको फोटो तथा भिडियोग्राफी गरेका थिए भने नास्ता वनाउनको लागि रूकमिणी पौडेल, शिला अधिकारी वुद्दि तामाङ, पारस वोहोरा तथा कार्यक्रम सम्पन्न गर्नको लागि दुवै संस्थाका अन्य पदाधिराहरूले उल्लेख्य सहयोग गरेका थिए ।
कार्यक्रमको श्रव्य दृष्यको लागि तलको भिडियो हेर्नुहोला ।

फोटोग्राफी – महेन्द्र लिम्वु , इनास अष्टिया

फोटोग्राफी – महेन्द्र लिम्वु , इनास अष्टिया

फोटोग्राफी – महेन्द्र लिम्वु , इनास अष्टिया

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

रमेश जोशी चीनको वुहान शहरबाट शुरु भइ बिश्वभर फैलिएको Covid-19 महामारीबाट नेपाल र इजरायल पनि अछुतो रहन सकेन । पछिल्लो समयमा नेपाल तथा इजरायलमा कोरोना..