“भ्यालेन्टाईन, ऐरी र उनी” 

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७६ फाल्गुन १, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

दुई दिनमैओइलने गुलाबको फूलले थेक्दैन भ्यालेन्टाईन

एकरातमै पुछिने श्रृगार रंग रोजले बोक्दैन भ्यालेन्टाईन

दिनदिनकै संघर्ष, समर्पण र त्यागमा समेटिन्छ भ्यालेन्टाईन

क्षणक्षण कै खुसी, माया र विश्वासमा बाँच्दछ भ्यालेन्टाईन

 

रंगीन सुखको प्राप्तिमा मात्र नदेख भ्यालेन्टाईन

सुन्दर फूलको बगैंचामा मात्र नखोज भ्यालेन्टाईन

तर, सुखमा संगै संघर्षमा पनि खोज्यौं भने भ्यालेन्टाईन

संसारकै दुःख निकै कम हुन्थ्यो, फूल्दथ्यो भ्यालेन्टाईन।

 

नक्कलीको भीडमा हरायो कि कतै सक्कली भ्यालेन्टाईन

देखावटी संग हारेर कतै भाग्यो कि त प्यारो भ्यालेन्टाईन

तसर्थ, मनाउनु पर्छ फर्कनलाई भागेको हो भने भ्यालेन्टाईन

हरेक दिनलाई बनाउन सक्नुपर्छ साँचो डे भ्यालेन्टाईन।

 

जीवनका श्याम स्वेत पाना मै बढी भेटिन्छ भ्यालेन्टाईन

सुखमा भन्दा दुःखकै साथमा सार्थक छ भ्यालेन्टाईन

त्यसैले त जमेको लेक एरी मै पनि खोज्न थालें भ्यालेन्टाईन

चुनौतीको यात्रा उपहार दिएँ प्रिय स्वीकार भ्यालेन्टाईन।

 

बाबुरामखत्री

धापासीकाठमाण्डौं,

हालएक्रोनओहायो, अमेरिका

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..