साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्थ इस्ट ओहायो च्याप्टर
ठिक बन्यो कि बेठिक बन्यो मान्छे ?
बलवान बन्यो कि कमजोर बन्यो मान्छे ?
असल भयो कि कमसल भयो मान्छे ?
बुद्धिमान भयो कि मूर्ख भयो मान्छे ?
लाग्छ, टाढा छ मान्छे छुंदैन उसलाईअरुका दुःखले
पोल्दैन उसलाई जलीरहेको अष्ट्रेलिया रअमेजनले
दुःख्दैन मान्छेलाई किन होआज मान्छे कै पनि घाऊ
उन्मत्त छ संधै मर्न र मार्न सवार छ उसमा केतु र राहू
हो, गल्ती यहीं छ मान्छेको आफ्नै कमजोर मूल्याँकनमा
झुम्ने बानी छ उस्को संधैआफ्नै मात्र अहंकारमा
तर नभुलोस मान्छेले, ऊ एकाँकी मात्र हो, समष्टि हो सृष्टि
फूट र छुटमा होईन जुट र जोडमा रम्छ प्रकृति
सामाजिक हो कि एकलकाटे हो समाज ?
विवेकशील हो कि विवेकहिन हो समाज ?
सृजनशिल छ कि संवेदनहिन छ समाज ?
रुपमा छ कि सारमा छ समाज ?
लाग्छ, बल र छलमै समाज अनि संसार अल्झियो
प्रेम र करुणाको नभै द्वन्द्व र हिंशाकै बढोत्तरी झल्कियो
ऐना बन्नुपर्ने समाज आकार बदल्ने पानी बनेछ
चेतनामा अड्नु पर्ने समाज धन र बल संगै सति गएछ
हो, हार्दैछ मानवतामा नवै संग समाजले असंगत चरित्र अँगाल्दा
निम्त्याउँदैछ विनास हरेक कोणमा मान्छेले आफ्नो पहिचान गुमाउँदा
तर सम्झना रहोस, जीवन र जगत स्वतन्त्र नभै पारस्परिकतामा निर्भर छ
जीवनको सारत्व आफू एक्लैमा होईन करोडौंमा सवार छ।
बाबुरामखत्री
धापासी, काठमाण्डौं
हाल: एक्रोन ओहायो, अमेरिका