एनआरएनए इजरायलद्वारा सन् २०२० को कार्य योजना प्रस्तुत

२०७६ कार्तिक ३०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एआइन्यूज इजरायल

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलले बार्षिक कार्ययोजना  सार्वजनिक गरेको छ । संघले हिजो १५ नोभेम्वर शुक्रवार विगतका कार्यकालहरुमा भएका केही आर्थिक हिसाव कितावहरुको विषयमा प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भोजराज क्षेत्रीले संघको बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो ।

जसानुसार एनआरएनए इजरायलले आगामी १७ जनवरी शुक्रवार भिजिट नेपाली २०२०को प्रवर्धन हुने गरी राष्ट्रिय कलाकारहरुको उपस्थितीमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी अंग्रेजी नया बर्ष  भव्य रुपमा मनाउने भएको छ ।

त्यस्तै एनआरएनए इजरायलले आगामी मार्च १३ तारिख शुक्रवार इजरायलमा कार्यरत नेपालीहरुको विग्रदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकको परामर्शकोलागि विशेष कार्यक्रमको आयोजना गर्ने बताएको छ ।

त्यस्तै संघले २०७७ सालको हरितालिका तीज तथा चौथा पुजाको पावन अवसरमा गएका बर्षहरु जस्तै यस बर्ष पनि आगामी  २१ अगस्त २०२० शुक्रवार राष्ट्रिय कलाकारहरुको उपस्थितीमा  विशेष सांगितिक धमाका गर्ने भएको बताएको छ ।

संघले आर्थिक हरहिसावको विषयलाई पनि प्रेस कन्फेरेन्सको क्रममा प्रष्ट पार्ने बताएपनि सरोकारवालाहरुको अनुपस्थितीका कारण त्यो कार्यक्रम भने हुन नसकेको बताएको छ ।

संघले सार्वजनिक गरेको भावी कार्ययोजनाको पूर्ण अंश :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय