बड्कापथ सिचाइ याेजनाले राजमार्ग धरापमा

२०७६ आश्विन ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बिदुर एम सी, भालुवाङ्ग ।

आफ्नो मात्र स्वार्थपूर्ति गर्ने काम गर्नाले अरुको धनजनको ठूलो नाेक्सानी हुनसक्छ । बड्कापथ सिचाइ आयाेजनाले दाङको देउखुरी स्थित भालुवाङ्गको राप्ती पूलपारी त्यस्तै दुर्दशा बनाएर छाडेको छ।
पूर्वपश्चिम महेन्द्र राजमार्गमा त्यो पनि राप्ती नदिको पूलको छेउमै सडकको यस्तो कन्तविजोक हुनु अत्यन्तै दु:खद कुरा हो । बड्कापथ सिचाइ आयाेजनाकाे काम अर्घाखाँची जिल्लाको लाहापे र सातमारा गाउँनेरबाट मुहान बनाएर दक्षिणी दाङ्ग जिल्लाको दक्षिणी देउखुरीका फाटहरुलाई सिचाइ गरेर हराभरा बनाउने उद्देश्यले निर्माण कार्य शुरु गरिएको हो ।

भालुवाङ्ग पुल्चोकदेखि पारी, जहाँनेर महान सास्कृतिक सहिद कृष्णसेन इच्छुकको थलो नजिकै पूलको छेउमा राजमार्ग भत्काएर सो आयोजनाले भूमिगत रूपमा ( underground ) भाग बनाउने क्रममा सडकको तहसनहस अवस्था हुन गएको हो ।
आयोजनाको आफ्नो नहरको भूमिगत तयारी भएर काम सम्पन्न त होला । तर त्यो भूमिगत नहर बनाउने क्रममा भत्काएको सडकको पुनर्निर्माण गर्नुपर्ने हो कि होइन ?
यसको उत्तर अथवा जवाफदेही को हुने हो ?

पूर्वको काकडभिट्टा देखि सुदूरपश्चिमकाे महेन्द्रनगर सम्म कुद्ने सवारीसाधनहरु त्यहीँबाट भएर जाेखिमयुक्त यात्रा गर्नुपर्दछ।
मरता क्या न करता भनेजस्तै बड्कापथ सिचाइ आयाेजनाले भत्काएर त्यत्तिकै अलपत्र छाडेका ठूलाठूला खाल्डाहरुमा पसेर सवारीसाधन मात्रै होइन , पैदल यात्रा गर्नेहरूको उत्तिकै विजोग देखिन्छ यहाँनेर ।
खाल्डाहरुमा परेर यात्रुलाई अङ्गभङ्ग हुनेगरी चाेटपटक लागेको छभने सवारीसाधनहरु कति नाेक्सान भए, त्यसको यकिन समेत छैन ।
धन्न पिठो बलियो भनौं वा भाग्य किस्मतले त्यहाँ दुर्घटनामा परेर कोही कसैले ज्यान गुमाउनु परेको छैन ।
तसर्थ, सम्बन्धित निकायले यसतर्फ बेलैमा कदम चालोस ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय