
साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्थ इस्ट ओहायो च्याप्टर
-के बि कार्की – गजलकार, लोकन्थली भक्तपुर
यो सपनाको संसारमा बाच्ने मैले कसरी हो!
पिडाहरु भुलाएर हास्ने मैले कसरी हो !!
कति स्वार्थी मान्छे यहाँ आफ्नै मात्र स्वार्थ पूरा
मिठा मिठा कुरा गरि चलाउछन भित्रै छुरा !!
यो सपनाको सन्सारमा बाच्ने मैले कसरी हो!
पिडाहरु भुलाएर हास्ने मैले कसरी हो !!
जिन्दगीका बाटाहरु उकाली र ओराली छन !!
खुट्टा तान्नेहरु यहाँ जताततै भेटिन्छन् !!
यो सपनाको सन्सारमा बाच्ने मैले कसरी हो
पिडाहरु भुलाएर हास्ने मैले कसरी हो !!
जिन्दगीको परधि नै एक्लो एक्लो बनिसक्यो !
खुट्टा तान्ने हरु बाट यो जीवन नै मरिसक्यो !!
यो सपनाको संसारमा बाच्ने मैले कसरी हो !
पिडाहरु भुलाएर हास्ने मैले कसरी हो !!
जसो तसो यो जिवनलाइ तान्ने कोशिस गर्दै छु म !!
खुट्टा तान्नेहरुको भिड्मा जिउने कोशिस गर्दै छु म !
यो सपनाको संसारमा बाच्ने मैले कसरी हो
पिडाहरु भुलाएर हास्ने मैले कसरी हो !!