मेरो मन

२०७६ भाद्र २७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

 

 

 

 

 

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

-शान्ति पण्डित “भट्ट”

सन्सारका हरेक कुराको महसुस गराउने यो मन!
कहिले खुसिमा फुरुंग  भैदिन्छ,कहिले पिडामा डुबाइदिन्छ !
कहिले फेरि सपनाको त्यो ताज महल सजाइदिन्छ!
अनि
कहिले यथार्थको बिक्षिप्त धरातलमा उभ्याइदिन्छ !!
कहिले सहजै सम्हालिन्छ,फकिन्छ, फुलिन्छ अनि रमाउछ!
कहिले फेरि भित्र भित्रै कुडिन्छ, अतालिन्छ अनि मुटु कमाउछ!
जिद्दी बन्छ, अबुझ बन्छ, अज्ञानि बन्छ अटेरि पनि बनिदिन्छ!
फेरि कहिले अनायासै ज्ञानि, विद्द्वान अनि असल, सहज बनिदिन्छ!!
म हैरान भैसके, वाक्क , दिक्क भैसके!

भन्नलाइ पो यसो भन्छु तर यथार्थमा त

यो मन मेरै नियन्त्रणमा छ !
म जस्तो चाहन्छु त्यस्तै हुन्छ , म जसो गर भन्छु त्यसै गर्छ!
म यसलाई आफ्नै परिवेश अनुसार पिडा दिन विवस गराउछु!
म यसलाई आफ्नै परिवेश अनुसार खुसी हुन बाध्य बनाउछु !
आज्ञाकारि मेरो मन!
बिचरो मेरो मन!!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय