अनेसास नर्थ इष्ट ओहायोले भानुभक्त र मोतिरामको स्मृतीमा कार्यक्रम गर्ने

२०७६ भाद्र १४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिका अगस्ट २-अनेसास नर्थ इष्ट ओहायोले आउदो सेप्टेम्बर २ तारिख सोमबारको  दिन आदिकवि आचार्य र युवा कवि मोतिराम भट्टको सम्झनामा उहाँहरुको नेपाली भाषा र साहित्यमा योगदानको चर्चा गर्ने र उनिहरु लगायतका शृजना बाचनको कार्यक्रम गर्न लागेको अनेसास नर्थ इष्ट ओहायो च्याप्टरका अध्यक्ष एबम मुख्य संयोजक श्री रोहित भण्डारीले जान्कारी दिनुभयो। कार्यक्रम मोतिराम भट्टको जन्मजयन्तीको अवसर पारेर गर्न लागिएको हो भने भानुजयन्ती भने असार (जुलाई) महिनामै पर्दछ।

कार्यक्रम भने अनलाईन को Zoom Cloud भन्ने एप्लिकेसन मार्फत हुने र त्यो एप्पल र एन्ड्रोइड दुबै फोन अनि कम्प्युटरमा  डाउनलोड गर्न सकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय