गजल (यो जीवनको खुशी तिमि सङ्ग साटु )

२०७६ भाद्र ८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

यो जीवनको खुशी तिमी सङ्ग साटु मनको एउटै धोको छ

छाती खोली देखाउँकी तिमिलाई मेरो मनको माया कति चोखो छ।

यो जीवनको खुशी तिमी सङ्ग साटु मनको एउटै धोको छ।

आउ सङ्गै बसी माया प्रीती गासु जीवन धेरै नै छोटो छ।।

यो जीवनको खुशी तिमी सङ्ग साटु  मेरो मनको एउटै धोको छ।

मायाको गति असिमित हुन्छ सिमामा बाधिदैन।।

प्रेमोधन यो अति मधुर कुनै मुल्यमा साटिदैन।

यो जीवनको खुशी तिमी सङ्ग साटु मेरो मनको एउटै धोको छ।।

छाती खोली देखाउँकी तिमिलाई मेरो मनको माया कति चोखो छ।

बास्ना नि होईन तृष्णा नि होईन सुमधुर प्रेमको चाह।।

आखै आखाको हेराईमा बन्छ अदृश्य प्रेमको भाव।

यो जीवनको खुशी तिमी सङ्ग साटु मेरो मनको एउटै धोको छ।।

छाती खोली देखाउँकी तिमिलाई मेरो मनको माया कति चोखो छ।

मेरो मनको माया कति चोखो छ।

के वी कार्की

गजलकार

लोकन्थली, भक्तपुर

नेपाल

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय