
ए1न्यूज अष्ट्रिया,
वैदेशिक रोजगारीको क्रममा एक दशकभन्दा वढी प्रवासी जीवन विताउदै हाल युरोपको अष्ट्रियामा रहेकी शुभद्रा थापा भण्डारीको “यो तीजैमा” बोलको तीज गित सार्वजनिक भएको छ ।
भण्डारीको शव्द सृजना रहेको उक्त गितमा सुमधुर स्वरकी धनी गायिका विना भट्टराईको आवाज, मोडल सुप्रिया कटवालको दमदार प्रस्तुती तथा संगितकार मिन गुरूङको संगित रहेको छ ।
प्रवासमा रहेका आम नेपाली महिलाहरूको भावना समेटिएको उक्त गितको म्यूजिक भिडियो वाट “तीज” पर्व मा आफ्नो देश, साथीसंगी, माईतीघर र आमाको यादमा तड्पिदै प्रवाशमै रहेर पनि आफ्नो कला, संस्कार र संस्कृतीको जगेर्ना तथा नेपाली पनको सम्मान गरेको महशुस गर्न सकिन्छ ।
समन अधिकारीको निर्देशन तथा विकाश धमलाको सम्पादन रहेको उक्त भिडियो OSR डिजिटलको युट्यूव च्यानलद्वारा प्रशारित भएको छ ।
हेरौ धमाकेदार तीज गितको म्यूजिक भिडियो