एन आर एन ए अष्ट्रिया टिरोल शाखामा निर्वाचन सम्पन्न

२०७६ असार २४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए वान न्यूज अष्ट्रिया, शुभद्रा भण्डारी

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अष्ट्रियाको आगामी २०१९-२१ को कार्यसमिति चयनको लागि गत जुलाई ७ मा एन आर एन ए अष्ट्रिया टिरोल शाखामा निर्वाचन सम्पन्न भएको छ । अष्ट्रियाको सुन्दर तथा पर्यटकिय शहर Innsbruck को टिरोलमा मा थोरै नेपालीहरू भएतापनि निकै उत्साहपूर्वक सभ्य तरिकाले ४२ वटा मत खसेको थियो । उक्त मतगणना एन आर एन ए अष्ट्रिया केन्द्रमा आगामी जुलाई २१ मा निर्वाचन सम्पन्न भए पश्चात मात्र गरिनेछ ।
उक्त निर्वाचनमा पर्यवेक्षकको रूपमा एन आर एन ए अष्ट्रिया २०१७-१९ का आई सि.सि सदस्य शिव सापकोटाको उपस्थिती थियो भने निर्वाचनलाई निश्पक्ष तथा व्यावस्थित रूपमा सम्पन्न गर्न एन आर एन ए अष्ट्रिया २०१७-१९ का संरक्षक दिपेन्द्र हिमालयन कार्की, एन आर एन ए अष्ट्रिया शाखा टिरोल २०१९-२१ ( वर्तमान ) का अध्यक्ष रूद्र विश्वकर्मा, सल्लाहकार दिल घमाल, निर्वाचन कमिटी टिरोल शाखाका अशोक गौतम र राजु वि. क तथा केन्द्रवाट गएका अध्यक्ष उमेद्वारका तर्फवाट एक-एक जना प्रतिनिधी रहेका थिए ।
मतदानको कार्यक्रम सकिएपश्चात मतपेटिकालाई शुरक्षित रूपमा शिलवन्दी गरी टिरोल शाखामा अध्यक्ष रूद्र विश्वकर्मालाई जिम्मा दिईएको थियो भने सो शाखामा सर्वसहमतीद्वारा चयन भएका कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरूलाई सपथ ग्रहण गराईएको थियो ।
संरक्षक कार्कीले टिरोलमा रहेको आफ्नै एभरेष्ट नेपाली किचेनमा कार्यक्रममा उपस्थित सम्पुर्णलाई साँझ डिनरको लागि खुल्ला मनले स्वागत गर्दै नेपाली स्वादिश्ट भोजनको व्यावस्था गर्नुभएको थियो ।
डिनरको क्रममा उपस्थित दुवै पक्षका उमेद्वारहरूसंग संरक्षक कार्कीले प्रवासी नेपालीहरूको गरिमामय वोकेको साझा संस्था एन आर एन ए अष्ट्रियाको नयाँ कार्यसमितीमा अष्ट्रियावासी नेपालीहरूको मतको कदर गर्दै जो जो चयन भएतापनि समस्त नेपालीहरूविच एकताको गाँठो कसिनुपर्ने साथै आगामी कार्यकालहरूको लागि चुनावी प्रकृयाभन्दा सर्वसहमतीको प्रयासलाई जोड दिनुपर्ने जस्ता विविध विषयहरूको अनौपचारिक छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय