सिरिन्ज आतंक झन वढ्दो : बनेपामा पनि अर्की युवतिलाई सिरिन्ज हानियो

द्वारा प्रकाशित गरिएको हो |
२०७६ असार १२, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं, १२ असार । राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएको बनेपामा पनि मंगलबार बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर एक युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् ।

बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई २०७२ सालदेखि बनेपा बस्दै आएकी ती युवतीलाई सिरिन्ज प्रहार गरिएको हो ।  ‘दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट छोरी र म फर्कर्दै थियौं’–उनले भनिन–‘बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् ।’ भन्दै घटनाको यसरी सुनाईन-  ‘उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे युवती फटाफट आफ्नो बाटो लागिन्’–उनले थपिन्–‘म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’

‘बिहान उठ्दा समेत हात दुख्न छाडेन’–ती युवतीले भनिन्–‘हात मर्काउँदै एक्सरसाईज गर्दा त झन सुन्निएर आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ ।

तत्कालै उहाँले नै टेकु जानु भन्नुभयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्सविरुद्धको औषधि खान दिनुभयो’–युवतीले भनिन–‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

रमेश जोशी चीनको वुहान शहरबाट शुरु भइ बिश्वभर फैलिएको Covid-19 महामारीबाट नेपाल र इजरायल पनि अछुतो रहन सकेन । पछिल्लो समयमा नेपाल तथा इजरायलमा कोरोना..