अमेरिका प्रवेश गर्ने क्रममा नदिमा डुबेर मृत्यु भएको बाबुछोरीको घटनाप्रति राष्ट्रसंघ दुःखी

२०७६ असार १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रासस/सिन्ह्वा –

जेनेभा ।  अमेरिका प्रवेश गर्ने क्रममा अमेरिका र मेक्सिकोविचमा पर्ने  रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएका एलसाल्भाडोरका आप्रवासी बाबुछोरीको घटनाप्रति संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका गहिरो दुःख प्रकट गरेको छ ।

युएनएचसिआरले बाबु र उनकी २३ महिनाकी छोरीको नदी किनारामा तैरिएको अवस्थामा शव भेटिएको र यो निकै हृदयविदारक रहेको जनाएको छ ।

मेक्सिको र संयुक्तराज्य अमेरिकालाई छुट्याउने रियो ग्रान्डे सीमानदी हो । राष्ट्रसंघले एलसाल्भाडोरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भ्यालेरीको दुःखद निधन “अस्वीकार्य” रहेको जनाएको छ ।

संयुक्तराज्य अमेरिकाले राष्ट्रपति ट्रम्पको आदेशमा मेक्सिको सीमामा कडाई गरेपछि अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले कठोर मार्ग प्रयोग गर्न थालेका छन् जसका कारण आप्रवासीहरुको मृत्यु नियमितझैं हुन गरेको छ ।

युएनएचसिआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले ओस्कार र भ्यालेरीको मृत्युले कतिपय मुलुकमा बढ्दो हिंसालाई रोक्नेतर्फ विश्वको ध्यान जान जरुरी रहेको बताएका छन् । मानिसहरु सुरक्षित जीवनका लागि कठोर यात्रामा निस्कन बाध्य भइरहेको देखिन्छ, ग्रान्डीले बताए ।

युएनएचसिआरले सबै मुलुकलाई यस्ता दुःखद घटना हुन नदिन तत्कालै समन्वयात्मक कदम चाल्न आह्वान पनि गरेको छ ।

कसको हो तस्वीर ?

बाबुछोरी नदी किनारमा डुबेको उक्त तस्वीर अहिले विश्वभर भाइरल भइरहेको छ ।

तस्वीर अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको हो। अमेरिका–मेक्सिको सीमाको नदीमा मृत भेटिएका बुवाछोरीको तस्विरले तरंग ल्याएको हो ।

मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको हो ।

नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान छ। पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ।

तस्बिरमा छोरी अझै आफ्नो पिताको ढाडमै छिन् । २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिन्छन् ।

उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन् ।

न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन् ।

तस्विरले आप्रवासीको अमेरिका यात्राको कति दर्दनाक छ भन्ने देखाएको छ ।

साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय