एनआरएरए इजरायलका पूर्व अध्यक्ष दिपक ओलीको “ए माया” सार्वजनिक

द्वारा प्रकाशित गरिएको हो |
२०७६ जेष्ठ १२, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ । लोकप्रिय गायक हिमाल सागरको आवाज तथा लामो समयदेखि इजरायलमा सामाजिक रुपमा सक्रिय समाजसेवी पूर्व एनआरएन इजरायल अध्यक्ष दिपक प्रसाद ओलीको शव्द शृजनामा रहेको ‘ए माया’ बोलको म्युजिक भिडियोले रिलिज भएको चार घण्टामै १ लाख वढी भ्युअर वनाएर नेपाली गित संगितको इतिहासमा छोटो समयमा सार्वाधिक रुचाइने गीतको पंतिमा दर्ज भएको छ ।

अर्जुन पाेख्रेलको संगितमा रहेको उक्त म्युजिक भिडियो  निकेश खड्काको निर्देशन रहेको उक्त म्युजिक भिडियो द डिभाइन म्यूजिकले युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक गरेको हो ।  । भिडियोमा बुद्ध थापाको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।

ए माया बोल उक्त गीतको भिडियोमा पछिल्लो समयका चर्चित नायक पल शाह र सुन्दरी नायिका वर्षा राउतको दमदार अभिनय रहेको छ । वैँशालु उमेरमा युवायुतीमा हुने माया प्रेम र रोमान्सपछि जोडी बाँध्ने कुरालाई मुख्य विषय बस्तु बनाइएको गीतको भिडियोमा वर्षा र पल गज्जबसँग खुलेका छन् ।

एक दशक भन्दा वढि रोजगारीकोलागि इजरायल प्रवेश गरेका पूर्व नेपालको झापा स्थायी घर भएका समाजसेवी दिपक प्रसाद ओलीको यो पहिलो सांगितिक श्रृजना हो । यद्यपी ओलीको कलाकारिता क्षेत्रमा  भने इजरायल आउनु अघिदेखि नै उपस्थिती रहदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

रमेश जोशी चीनको वुहान शहरबाट शुरु भइ बिश्वभर फैलिएको Covid-19 महामारीबाट नेपाल र इजरायल पनि अछुतो रहन सकेन । पछिल्लो समयमा नेपाल तथा इजरायलमा कोरोना..