पाइलट झुक्किँदा जर्मनी उडेको विमान स्कटल्यान्डको एयरपोर्टमा

२०७५ चैत्र १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ब्रिटिस एयरवेजको फ्लाइट बीए ३२७१ विमान सोमबार साँझ लन्डन सिटी एयरपोर्टबाट जर्मनीको डसेलडोर्फका उडेको थियो । तर सो विमानको अवतरण डसेलडोर्फमा होइन, स्कटल्यान्डमा भयो ।

विमान अवतरण भएपछि विमानभित्रबाट ‘इडनबरामा स्वागत छ’ भनेर जब सम्बोधन गरियो, त्यसपछि मात्र यात्रुहरु तीनछक परे । उनीहरुले आफूहरु गलत ठाउँमा अवतरण भएको भेउ पाए ।

हवाइ उडानको इतिहासमै अचम्म लाग्ने यो घटनाप्रति ब्रिटिस एयरवेजले माफी मागिसकेको छ । उडान कागजी प्रक्रियाको गलत फाइल पाइलटलाई बुझाएकाले यो घटना हुन गएको सो एयरवेजले स्पष्ट पारेको छ ।

यो घटनालाई लिएर विमानका धेरै यात्रुको समय त बर्बाद भयो नै, तर उनीहरुले यसलाई इतिहासकै ठट्यौलीका रुपमा लिएका छन् । धेरै यात्रुहरुले ठट्यौली तवरमा ट्वीटमा किन स्कटल्यान्डमा विमान रोकिएको भनेर प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय