नेपाल र जापानबीच श्रम सम्झौता, न्यूनतम तलब सुविधा २ लाख

द्वारा प्रकाशित गरिएको हो |
२०७५ चैत्र ११, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

नेपाल र जापानबीच श्रम सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट राजदुत नेपालका लागि जापानीज राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् ।

अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी 
(एमओसी) मा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अब जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने छ । भाषा परीक्षामार्फत् जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ हुने छ ।

गत माघ २ गते नेपाल र जापानका प्राविधिक टोलिबीच कामदार पठाउने प्रक्रिया टुङ्गयाउन भएको छलफलमा नेपालले सरकार मार्फत कामदार पठाउने प्रस्ताव राखेको थियो । श्रम मन्त्रालयले कामदार ठग्न नदिनका लागि सरकारमार्फत नै कामदार पठाउने प्रस्ताव राखेको जनाएको छ ।

जापानमा पुगेपछि कामदार नठगीए पनि विभिन्न कम्पनीमार्फत कामदार पठाउँदा नेपालमै ठगीने डर भएको श्रम मन्त्रालयका अधिकारीहरुको भनाइ छ । त्यसका लागि हाल कोरियामा कामदार पठाएकै मोडलबाट पठाउने श्रम मन्त्रालयले तयार गरेको थियो । कोरियामा हालसम्म गएका नेपालीहरु ठगीएको समचारहरु सार्वजनिक भएको छैन ।

नेपालले जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार सेवासुविधा पाउनुपर्नेलगायत प्रस्ताव राखेको छ । जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ । जसमा निर्माणसहित १४ किसिमका उद्योगलाई पहिलो श्रेणीमा राखिएको छ  । नयाँ भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ  । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।

पाँच वर्षका लागी ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेको जनाइएको छ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने भएकाले पहिलो चरणमा सबै देशमा छलफल अगाडि बढाएको छ । पछिल्लो समय जापानमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या धेरै रहेको छ । राम्रो आम्दानी हुने भएकै कारण विद्यार्थीहरु अध्ययनका लागि भन्दै चर्को शुल्क तिरेर जापान जाने गरेका छन । अध्ययनका लागि विद्यार्थीहरुले १३ देखि १५ लाख रुपैयासम्म तिर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

उल्लेख्य इजरायलवासी नेपालीहरुले लिए मनोस्वास्थ्य चिकित्सकसँग परमर्श

उल्लेख्य इजरायलवासी नेपालीहरुले लिए मनोस्वास्थ्य चिकित्सकसँग परमर्श

ए वान न्युज इजरायल अलि महमद गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन आर एन ए एन सी सी )इजरायलले विश्व महामारीको रुपमा फैलिएको..