पोखराको लेकसाइडमा प्रहरीको छापा, नेपाली र विदेशीसहित ८० जना पक्राउ

२०७५ चैत्र ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, ११ चैत । पोखराको लेकसाइडमा प्रहरीले छापा मारी ८० जनालाई नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले नेपाली र विदेशी गरी ८० जनालाई लाई नियन्त्रणमा लिएको हो ।

पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा डान्सपार्टी भएको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो। द अफिस रेष्टुरेण्टबाट गाँजा, चरेस लगायतका लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बैदाम चौकीमा राखिएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै माथि छानविन गरी दोषीलाई कार्वाही गर्ने र निर्दोषलाई छाड्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय