श्रद्धाको विवाह समाचारले रिसाए शक्ति कपुर

२०७५ चैत्र ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुम्बई–अभिनेत्री श्रद्धा कपुरले फोटोग्राफर रोहोन श्रेष्ठसँग प्रेम विवाह गर्ने भन्ने समाचार आएपछि बुबा शक्ति कपुर रिसाएका छन् । अभिनेता शक्ति कपुरले श्रद्धाको विवाहको खबर झुठो भएको बताउदै छोरी श्रद्धासहित आफ्नो परिवारलाई आँच पुग्ने गरी समाचार लेखिएकोमा उनले आपत्ती समेत जनाएका छन् ।

त्यस्तै अभिनेत्री श्रद्धा कपुरले पनि अझै केही वर्ष विवाह गर्ने पक्षमा आफू नरहेको बताएकी छन् । आफू दुई वर्षका लागि आवश्यक फिल्ममा अनुबन्धित भइसकेकाले चारपाँच वर्षपछि मात्र विवाह गर्ने पक्षमा रहेको यी अभिनेत्रीको कथन छ ।

श्रद्धाको यही भनाइलाई दोहो¥याउँदै शक्ति कपुरले पनि श्रद्धा यतिबेला काममा केन्द्रित रहेकाले विवाहको झुठो समाचार नलेख्न सञ्चारकर्मीलाई अनुरोध गरेकी छन् । रोहन र श्रद्धा राम्रो साथ भएकाले त्यो सम्बन्धलाई प्रेमको रूपमा नजोड्न पनि अभिनेता कपुरले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय