कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’ शुक्रवारदेखी शुरुहुने

द्वारा प्रकाशित गरिएको हो |
२०७५ चैत्र १०, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

सुर्खेत, २३ फागुन २०७५ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । 

‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न मेलाको आयोजना गरिएको क्यान महासङ्घका कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले बताए ।

“मेलाले कर्णाली प्रदेशको ‘डिजिटल कर्णाली’ बनाउने अवधारणा र लक्ष्य परिपूर्ति दुवैमा सहयोग पुर्याउने हामीले अपेक्षा राखेका छौँ”, अध्यक्ष अधिकारीले भने, “मेलामा स्मार्ट पर्यटनलाई पनि जोड दिइएको छ ।” सूचना र प्रविधिमा आएका नवीनतम उत्पादनलाई मेलामा प्रदर्शन गरिने उनको भनाइ थियो ।

सूचना तथा सञ्चार प्रविधिको बृहत् प्रदर्शनी हुने ‘क्यान इन्फोटेक मेला’ रोबर्टबाट उद्घाटन हुने क्यान महासङ्घका सुर्खेत अध्यक्ष प्रेमप्रकाश चन्दले जनाउनुभयो । अध्यक्ष चन्दले आइटी सेमिनार, नेपाली वैज्ञानिकले निर्माण गरेको रोबर्टलगायत विभिन्न प्रविधिजन्य सामग्री तथा उपकरणको प्रदर्शन हुने बताउनुभयो । 

“इन्फोटेक मेलाभित्र आइसिटी कन्फ्रेन्स, आइसिटी वर्कसपहरु, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषय सेमिनार सञ्चालन हुनेछन्”, अध्यक्ष चन्दले भन्नुभयो, “त्यस अवधिभर कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत सेवाका साथै सामान खरीदमा ५ देखि ५० प्रतिशतसम्म छुट दिइने र टाइपिङ प्रतिस्पर्धासमेत गराइनेछ ।” 

त्यसैगरी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हरेक दिन लक्की ‘ड्र’ बाट एकलाई ‘रारा भिजिट’, १० लाई एन्टिभाइरस निःशुल्क उपलब्ध गराइने जनाइएको छ । मेलाले समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग पुग्ने र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्या–पर्यटनको प्रवद्र्धन हुने विश्वास गरिएको क्यान महासङ्घले जनाएको छ । 

इन्फोटेक मेला फागुन २४–२८ गते पाँच दिनसम्म सञ्चालन हुनेछ । कर्णालीमा पहिलोपटक आयोजना हुनलागेको सूचना, सञ्चार प्रविधिको यो ठूलो प्रदर्शनीमा १० वटै जिल्ला गरेर एक लाख दर्शकले अवलोकन गर्ने र रु ३६ लाखको कारोबार हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

रमेश जोशी चीनको वुहान शहरबाट शुरु भइ बिश्वभर फैलिएको Covid-19 महामारीबाट नेपाल र इजरायल पनि अछुतो रहन सकेन । पछिल्लो समयमा नेपाल तथा इजरायलमा कोरोना..