लुम्बिनीबाट वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी गर्न र विस्व शान्तिमा योगदान दिन सकिने

२०७५ चैत्र ५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानीय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले नयाँँ आउने विद्यार्थीको लागि निःशुल्क बारिस्टा तालिमको व्यवस्था गरेको दुई बर्ष पुग्न लागेको अबसरमा यो हप्ताका सहभागीहरुलाई तालिमस्थल 399 Bell street Pascoe Vale South 3044 स्थित Bell Street Canteen मा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले “लुम्बिनी: संभावना र चुनौती” बिषयमा संक्षिप्त जानकारी दिंदै वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितको टिशर्ट उपहार प्रदान गर्नु भयो । टिशर्टहरु Himalayan Experience Travel का तर्फबाट प्रदान गरिएका थिए ।

जनस्तरबाट अभियानले गरिराखेको काम नेपाल सरकारको हो तापनि विस्वब्यापी महत्व राख्ने थुप्रै उल्लेख्य उपलब्धी हासिल गरिसक्ता पनि हरेक कामको लागि अभियानले नेपाल सरकारलाई घच्घच्याउनै मात्रै पर्ने र घच्घच्याउदा पनि सरकारको प्राथमिकतामा नपर्नु लज्जास्पद भएको बताउँदै विस्व संयोजक श्रेष्ठले राष्ट्र संघले तयार पारेका दुई गुरु योजना कार्यान्वयन गर्नेतर्फ पनि सरकार नलागेको, तर लुम्बिनीको यथोचित बिकास गरी गम्भिरतापूर्बक ठोस योजनाका साथ अगाडि बढ्ने हो भने वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी गर्न सकिने मात्रै नभएर विस्व शान्तिमा ठुलो योगदान दिन सकिने जस्तो महत्वपूर्ण कुरालाई पनि सरकारले बुझ्न नसकेको बताउनु भयो ।

जुन २०१७ देखि मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले शुरु गरेको यो सुबिधा उपभोग गर्नेको संख्या ७०० पुग्न लागिसकेको छ ।

कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने र अस्ट्रेलिया आएपछिका अत्याबस्यक जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित सेसनको समाप्तीपछी उक्त कार्यक्रम गरिएको थियो ।

यो त्यही संस्था हो जस्ले दुई हजार डलर राशीको बिएमडब्लू कप अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले यो बर्षदेखि प्रदान गर्न शुरु गरिसकेको छ र नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीहरुमा मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै मेलबर्नमा नि:शुल्क पिक अपको ब्यबस्था गरेको छ बिगत केही बर्षदेखि र हालसम्ममा यो सेवाबाट दुुई सयभन्दा बढी लाभान्वित भइसकेका छन ।

आजका सहभागीहरुमा आकाश पुन, गौरब राई, मरिना राई, मेनुका ठकुरी, निस्चल बस्नेत, सस्सिश आचार्य, बबिश श्रेष्ठ र सुबाश मल्ल थिए । यो तालिमको प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निर्बाह गर्नु भएको थियो ।

सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नबागन्तुकहरुले दुःख भोग्न नपरोस भनी यसरी निःशुल्क तालिमको व्यवस्था गरेकोमा निर्देशक बिष्णु सापकोटा र समूहलाई लुम्बिनी कपिलवस्तु दिवस अभियानका विस्व संयोजक श्रेष्ठले बधाई ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय