ताप्लेजुङ हेलिकप्टर दुर्घटना : तीन राउण्ड गोली पड्केको अवस्थामा पेस्तोल भेटियो

द्वारा प्रकाशित गरिएको हो |
२०७५ फाल्गुन २३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ, २२ फागुन । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोक्ने गरेको पेस्तोल फेला परेको छ ।

दुर्घटनामै ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबीन्द्र अधिकारीका अंगरक्षक रहेका घिमिरेको पेस्तोल घटना भएको ८ दिनपछि तीन राउण्ड गोली पड्केको अवस्थामा घटनास्थलमै भेटिएको हो । सेना र प्रहरीको संयुक्त टोलीले हेलिकोप्टरको भग्नावशेष मुनि च्यापिएको अवस्थामा फेला पारेको पेस्तोल जलेको  छ ।

दुर्घटनास्थलमा पेस्तोल खोज्न परिचालन भएका एक प्रहरी अधिकारीका अनुसार, हेलिकप्टर पहाडमा ठोक्किएर बल्न थालेपछि जमदार घिमिरेका साथमा रहेको पेस्तोलका तीन राउण्ड गोली पड्किएको निष्कर्ष सुरक्षा टोलीले निकालेको छ ।

सेना र अस्थायी प्रहरी चौकी माथिल्लो फेदी टोलीले घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला पारेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । पेस्तोललाई नेपाली सेनाले लिएर गएको छ ।

फागुन १५ गते ताप्लेजुङ, फुङलिङ–१० तारेभिरको पहाडमा ठोक्किएर एयर डाइनेस्टी हेली सर्भिसको हेलिकप्टर (एएस ३५०) दुर्घटना भएको थियो ।

दुर्घटनामा पर्यटनमन्त्री अधिकारी, उनका अंगरक्षक सेनाका जमदार घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्यन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र क्याप्नेट प्रभाकर केसीको मृत्यु भएको दैनिक नेपालमा खवर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

इजरायलमा एकैपटक करिब ५०० कृषी विद्यार्थीको भिसा थप

रमेश जोशी चीनको वुहान शहरबाट शुरु भइ बिश्वभर फैलिएको Covid-19 महामारीबाट नेपाल र इजरायल पनि अछुतो रहन सकेन । पछिल्लो समयमा नेपाल तथा इजरायलमा कोरोना..