श्रीस्वस्थानी ब्रतकथा साँग्य तथा महाशिवरात्री प्रवचनकालागि पण्डित मकुन्द नेपाल इजरायल आउदै (भिडियो प्रोमो सहित)

द्वारा प्रकाशित गरिएको हो |
२०७५ माघ २८, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ सनातान हिन्दु राष्ट्र नेपालको स्थापनार्थ क्रियाशिल धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलद्वारा आगामी २२ फेबु्वरी २०१९ शुक्रबार आयोजना गर्दै गरेको ‘वृहत आध्यात्मिक प्रबचन’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

लामो समयदेखि धार्मिक गतिविधीहरु संचालन गर्दै आउनुभएका प्रखर भागवत वाचक बालब्यास पण्डित श्री मुकुन्द नेपालको उपस्थितमा सनातन हिन्दु धर्मालम्वीहरुको बिशेष धार्मिक पर्व श्रीस्वाथानी तथा महाशिवरात्रीको पावन अवसरमा आयोजना गरिने उक्त बृहत धार्मिक प्रवचनमा इजरायलबासि सम्पूर्ण नेपाली दिदीबहिनी,दाजुभाई तथा सम्हि्पूर्न्दुण नेपाली माटोका धर्मालम्वीहरु वौद्द, किरात, बोम्पोलगायतका ओमकार परिवारका धर्मालम्वीहरुलाई  आध्यात्मिक लाभ लिन हार्दिक अनुरोध गरिएको  छ ।

पहिलो चरणमा श्रीस्वस्थानी ब्रत कथा समापन(सांगे) तथा शिबको पुजा अर्चना गरिने र भने कार्यक्रमको दोस्रो चरणमा बालब्यास पण्डित मकुन्द नेपालको मुखारविन्दुबाट बृहत अध्यात्मिक धार्मिक प्रवचन श्रवण गर्न सकिने हिन्दु जागरण इजरायलले जनाएको छ ।

साँझको साढे ६ बजे देखि सुरु हुने उक्त कार्यक्रम तेलअभिवको यसोधामाला मार्ग ३८ स्थित एउटा हलमा आयोजना गरिने  बताइएको छ ।

यसैविच आयोजकले कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल बनाउन इजरायलमा रहेका  सम्पूर्ण आध्यात्मिक मनहरु, सम्पूर्ण सामाजिक,जातीय तथा सामाजिक  संघ-संस्थाहरु, अनलाइन मिडियाकर्मीहरुमा उपस्थितीको लागि हार्दिक आमन्त्रण गर्दै सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध समेत गरेको  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..