हिन्दु जागरण इजरायलले महाशिवरात्री तथा श्री स्वस्थानी कार्यक्रम-२०७५’ बिशेष रुपले मनाउदै

२०७५ पुष ५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ सनातान हिन्दु राष्ट्र नेपालको स्थापनार्थ क्रियाशिल धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले आगामी २२ फेबु्वरी २०१९ शुक्रबारका दिन लामो समयदेखि नेपालमा धार्मिक गतिविधीहरु संचालन गर्दै आउनुभएका प्रखर भागवत वाचक बालब्यास पण्डित श्री मुकुन्द नेपालको उपस्थितमा बृहत अध्यात्मिक प्रवचन कार्यक्रम आयोजना गर्ने तयारी शुरु गरिएको  छ ।

सनातन हिन्दु धर्मालम्वीहरुको बिशेष धार्मिक पर्व श्रीस्वाथानी तथा महाशिवरात्रीको पावन अवसरमा आयोजना गरिने उक्त बृहत धार्मिक प्रवचनमा इजरायलबासि सम्पूर्ण नेपाली दिदीबहिनी,दाजुभाई तथा सम्हि्पूर्न्दुण नेपाली माटोका धर्मालम्वीहरु वौद्द, किरात, बोम्पोलगायतका ओमकार परिवारका धर्मालम्वीहरुलाई  आध्यात्मिक लाभ लिन हार्दिक अनुरोध गरिएको  छ ।

पहिलो चरणमा श्रीस्वस्थानी ब्रत कथा समापन(सांगे) तथा शिबको पुजा अर्चना गरिने र भने कार्यक्रमको दोस्रो चरणमा बालब्यास पण्डित मकुन्द नेपालरो सु-मधुर बाणीद्वारा बृहत अध्यात्मिक धार्मिक प्रवचन श्रवण गर्न सकिने हिन्दु जागरण इजरायलले जनाएको छ |

साँझको ६ बजे देखि सुरु हुने उक्त कार्यक्रमको स्थान भने अझै तय गरिसकिएको छैन ।  आयोजकले कार्यक्रम स्थामन चयन भए लगत्तै अर्को सुचना मार्फत त्यस विषयमा जानकारी गराउने बताएका छन् ।

यसैविच आयोजकले कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल बनाउन इजरायलमा रहेका  सम्पूर्ण आध्यात्मिक मनहरु, सम्पूर्ण सामाजिक,जातीय तथा सामाजिक  संघ-संस्थाहरु, अनलाइन मिडियाकर्मीहरुमा उपस्थितीको लागि हार्दिक आमन्त्रण गर्दै सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध समेत गरेको छ

त्यस्तै आयोजकले  उल्लेखित समयमा कसैले पनि कार्यक्रम न राखी न जुधाई दिनको लागि हार्दिक अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय