आस्थामा अट्रयाकमा परेकी नेहा शर्माको निधन

२०७५ मंसिर ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

एवान न्यूज इजरायल,

गत २२ नोभेम्वर  विहिवार आस्थामा अट्रयाकमा परी गम्भिर अवस्थामा इजरायलको दक्षिणी सिटी आस्दोद स्थित असुता अस्पतालमा पुर्याइएकी विराटनगर माइतीघर भएकी भारतिय राहदानी वाहक नेहा शर्मा नाम गरेकी नेपाली चेली जमुना थापाको अस्पतालले सोमवार रातको १२ बजे मृत घोषणा गरेको छ ।

पछिल्लो समय करिव डेढ बर्षदेखि काम गर्दै आइरहेको मुसाफ इस्दौजियामा सरसफाईको काम गर्दै आइरहेकी थापा लामो समयदेखि आश्थामा रोगबाट पिडित थिइन । विहिवार विहान ९ बजे काममा हिडेकी थापालाई अप्रहान्न साढे ४ बजे असजिलो महसुस भएको उनका साथी मदन कुमार शिवाकोटीलाई टेलिफोन सम्पर्कको क्रममा सुनाएकी थिइन । त्यस लगत्तै शिवाकोटी मृतक थापाले काम गर्ने गरेको रोजगारदाताकोमा पुगेका थिए । शिवाकोटी घटनास्थल पुग्दा  उनलाई अस्थामा अट्रायाक भई भुइमा सुताइएको थियो उनको मुखबाट फिज निस्किरहेको रहेको थियो भने हात तथा अनुहारको रंग हल्का निलो भइसकेको थियो । त्यस्तै उनका रोजगारदाताको छोराले आत्तिदै एम्वुलेन्सलाई फोन गरेर एम्वुलेन्स नआइपुगुन्जेल एम्वुलेन्सले सिकाए अनुसार  खुट्टा ठाडोपारी घाँटी मुनीको हड्डी दवाइरहेका थिए भने शिवाकोटीले पनि सोही अनुसार उनको छाती दवाई उनलाई होसमा ल्याउने कोसिस गरेका थिए । त्यसको केही समयमा एम्वुलेन्समा राखी उनमलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइसक्दा मुटुको धड्कन समेत बन्द भइसकेकी थापालाई तयारी अवस्थामा बसेको असुता अस्पतालको आकस्मिक कक्षका चिकित्सकहरुले इलेट्रिक सट दिई हार्टविट सञ्चालन गरेको आसुता अस्पताल स्रोतलाई उद्त गर्दै मदन शिवाकोटीले हामीलाई बताए । उनका अनुसार त्यसको करिव १० मिनेटपछि मात्र उनलाई आकस्मिक कक्षमा प्रबेश गर्न दिइएको थियो । त्यसको केही समयपश्चात थापाको बारेमा संक्षिप्त जानकारी गराई उनलाई आकस्मिक केयर युनिटमा लगिएको   बताएका थिए । आइसियुमा लगेपछि अचेत अवस्थामा रहेकी थापाको चिकित्सकले वन्द भएका सम्पूर्ण भेनहरु खुलाउने प्रयास गरेका थिए । तर उनको ब्रेन ३ प्रतिशत मात्र बाँकी रहेको चिकित्सकले बताएका थिए । शुक्रवारको चेकजाँचको क्रममा त्यो अवस्था १ प्रतिशतमा झर्दा उनी करिव करिव मृत अवस्थामा पुगिसकेकी थिइन तर आस्थामा स्ट्रोकका कारण ब्रेनमा रगतको मात्रा समेत देखिएकी थापालाई कट्टर यहुदी धर्मका अनुसार व्रेनमा रगतको मात्रा रहुन्जेल त्यस किसिमको अवस्थाका विरामीलाई भेन्टिलेटरबाट वाहिर निकाल्न नपाइने यहाँको प्रावधानका कारण करिव ४ दिनसम्म उनलाई अस्पतालले मृत घोषणा नगरी अस्पतालमा कृतिम श्वासप्रस्वास गराई जिवित राखिएको शिवाकोटीले एवान नेपाल डट कमलाई जानकारी दिए । 

मृतकको अंग दान कसरी गरियो

“अस्पतालको शैयामा जिवितै रहिरहँदा इजरायलमा रहेका कतिपय नेपालीहरु तथा नेपाली भाषी भारतियहरुले सामाजिक सञ्जालमा मृत्यु भएको भन्दै श्रद्दाञ्जली व्यक्त गरिरहे । जबकी थापा अस्पतालको शैयामा आखिरी श्वास गनिरहेकी थिइन, अस्पतालले उनको आधिकारिक रुपमा मृत्यु घोषणा गरिसकेको थिएन । उनको स्वास्थ्य लाभको कामना गर्ने त्यो समयमा श्रद्दाञ्जली दिन आतुर गरिनु जो अत्य्न्तै खेदजनक कुरा थियो”

स्व. नेहा शर्मा उर्फ जमुना थापा अस्पतालको शैयामा जिवितै रहिरहँदा इजरायलमा रहेका कतिपय नेपालीहरु तथा नेपाली भाषी भारतियहरुले सामाजिक सञ्जालमा मृत्यु भएको भन्दै श्रद्दाञ्जली व्यक्त गरिरहे । जबकी थापा अस्पतालको शैयामा आखिरी श्वास गनिरहेकी थिइन, अस्पतालले उनको आधिकारिक रुपमा मृत्यु घोषणा गरिसकेको थिएन । उनको स्वास्थ्य लाभको कामना गर्ने त्यो समयमा श्रद्दाञ्जली दिन आतुर गरिनु जो अत्य्न्तै खेदजनक कुरा थियो मृतकको परिवारसले त्यसप्रति खेद प्रकट गरेको छ । अस्पतालमा ४ दिनको संघर्षरत यात्रा पछि जमुना थापाले  मृत्यु बरण गरिन । यतिखेर उनको अंगदानको चर्चा चलिरहेको छ । यस विषयमा सामाजिक सञ्जालहरुमा अपष्ट विषयमै अपुष्ट कुराहरु गरेर केही नेपाली तथा केही भारतिय मुलका नेपालीहरु अंग वेचविखन सम्मका अनर्गल प्रचार गरेर सामाजिक सञ्जाल उछालेको अवस्था छ । यसप्रति मृतकको परिवार र असुता अस्पातलले समेत ध्यानाकर्षण भएको बताउदै दुख प्रकट गरेको छ । अस्पतालले सामाजिक सञ्जालहरुमा उछालिएका र अपुष्ट प्रचारहरु गरिएका केही भिडियोहरु समेत संरक्षित गरेको सम्वन्धित पक्षले जानकारी दिएका छन् । अंग वेच विखन भन्दै नाम जोडिएका मृतक थापाका नजिकका साथी मदन कुमार शिवाकोटीले यस विषयमा आफू इजरायली कानून अनुसार कानूनी उपचारकोलागि अगाडि वढिसकेको हामीसँगको कुराकानीको क्रममा वताए ।

मृतक थापा भारतिय पासपोर्ट वाहक नेपाली चेली हुन । उनी इजरायल प्रवेश गरेदेखि नै माथि उल्लेखित नजिकका साथी झापाको सुरुङ्गा निवासी मदन कुमार शिवाकोटीसँग नेपाली कानुन अनुसार श्रीमान श्रीमतिको रुपमा नरहेपनि इजरायलमा लिभिभ टुगेदरको रुपमा रहदै आइरहेकी थिइन यद्यपी इजरायली कानून अनुसार २ बर्ष भन्दा वढी लिभिङ टुगेदर रहनु स्वत: श्रीमान श्रीमती हुन सक्छ । शिवाकोटीले सोही अनुसार मृतक थापा अस्पताल रहदा देखि  नै श्रीमतिको रुपमा उनको हेरचाह गर्दै आइरहे । दुई छोराकी आमा समेत रहेकी थापा विविध कारणबश भारतिय राहदानीमा इजरायल आएपनि उनको वावुआमा विराटनगरमा वस्छन र छोराहरु अमेरिकामा अध्ययनरत छन् । मृतक थापाका सम्पूर्ण परिवार निरन्तर रुपमा शिवाकोटीको सम्पर्कमा रहदै आइरहेका छन् । थापाको मृत्यु भएपश्चात उनको पार्थिव शरिरलाई स्वदेश फिर्ता गर्ने विषयमा भारतिय राहदानीका कारण धेरै अफ्ठ्याराहरु उत्पन्न हुदा उनको पार्थिव शरिरलाई कसरी काठमाण्डौ पुर्याउन सकिन्छ भन्ने विषयमा रोजगारदाताको सहयोगमा सोसियल वर्करसँगको समन्वय र अस्पतालको सहयोगमा ट्रमा सेन्टरलाई अंगदान गरी छोरी जिवितै रहेको अनुभुती गर्ने  मृतक थापाका वावु पुस्कर राज थापा, दाजु भरत थापा, भाई विक्रम थापा र जेठो छोरा युनिक कार्कीको प्रशंसनिय इच्छा र अनुमतिमा (वावुले हस्ताक्षर गरेको अनुमति पत्र फोटोमा हे.)  अस्पताल र मृतकका परिवारको पटक पटकको छलफल पछि अंगदान गर्ने सह्रानिय निर्णय गरिएको थियो । यो समाचार लेखिरहदासम्म परिवारले   मृतकको आंखा दान नगर्ने बताएपनि फोक्सो लगायत काम नलाग्ने भएका अंगहरु वाहेक ल्याव टेस्ट गरी अन्य कुन कुन अंग अस्पतालले निकाल्यो भन्ने जानकारी अस्पताल स्रोतले भोलि मात्र जानकारी दिने बताइएको छ  । यस विषयमा अर्को अपडेटमा हामी जानकारी दिनेछौं ।

मृतक थापाका वावुले हामीसँगको टेलिफोन सम्पर्कमा भावुक बन्दै भन्नुभयो “ मेरी छोरी अव जिवित रहिनन्, यदि उनका अंगहरुले कसैले जीवनदान पाए मैले मेरी छोरी मरेकी छैन भन्ने सम्झिने छु । “ भन्दै अगाडि भन्नुभयो – ‘हाम्रो परिवारको सल्लाहले स्वच्छाले अंगदान गरेको हो ।’ उहाँले जसरी हुन्छ पार्थिव शरिरलाई नेपाल पठाउन अनुरोध गर्दै आफ्नै संस्कार अनुसार दाहसंस्कार गर्न पाउँ भन्दै यस विषयमा अन्य विवाद नगर्न अनुरोध गर्नु भएको छ ।

करिव ५ बर्ष अघि रोजगदारीको लागि भारतिय पासपोर्टमा इजरायल आएकी नेहा शर्मा करिव अढाई बर्षदेखि गैरकानुनी रुपमा इजरायलमा रहदै आएकी थिइन । करिव अढाई बर्ष अघि रोदजगारदातालाई कुटपिट गरेको आरोपमा १९ दिन हिरासतमा रही पेशीका लागि ३ महिना जेल चलान गरिएकी शर्मालाई उनका नजिकका साथी मदन कुमार शिवाकोटीको सहयोगमा निजि वकिल लगाई कुटपिटको मुद्दामा सफाया पाए पनि इजरायली अद्यागमन विभागले प्रवेशाज्ञा रद्द गरी उनलाई डिपोर्ट गर्ने तयारी गरिरहँदा मित्र शिवाकोटीकै पहलमा वकिलको सहयोगमा माथिल्लो अदालतमा अपिलको लागि ७ दिनको भिसा लगाई रिहा गराएपछि उनी गैरकानुनी रुपमा इजरायलमा काम गर्दै आइरहेकी थिइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय