बडा दशैको अवसरमा इजरायलमा एनआरएनले मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७५ भाद्र २५, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एनआइ न्यूज इजरायल

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी)इजरायलले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा इजरायलमा रहेका  विभिन्न संघ संस्थाहरु तथा समुहहरुविच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको अयोजना गर्ने भएको छ ।

रोजगारी, अध्यन, व्यवसाय लगायत विभिन्न शिलशिलामा इजरायलमा रहेका नेपालीहरु र यहाँ रहेका विभिन्न नेपाली संघ संस्थाहरुविच सुमधुर सम्वन्ध कायम गर्दै आपसी सद्भाव सुदृढ गराउने उद्देश्यका साथ आगामी १९ र २० अक्टुवर शुक्रवार र शनिवार आयोजना गरिने दुई दिवशिय मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा फूटवल, भलिवल, म्युजिकल चियर, हाँडीफोर सहित ५ वटा खेलहरु समावेश गरिने आयोजक एनआरएनए-एनसिसी इजरायलले जनाएको छ ।

आयोजकले फुटवल र भलिवल खेल खेल्नको लागि नाम दर्ता शुल्क  र उपहार योजनाहरु भने आगामी १५ सेप्टेम्वर शनिवार एनआरएनए इजरायलको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने आयोजकले जनाइएको छ । त्यस्तै आयोजकले आगामी १३अक्टुवर शनिवार

४ बजेसम्मकोलागि नामावली दर्ता अवधि तोकेको छ । नामावली दर्ताकोलागि नेभेसनान २० स्थित एनआरएनए एनसिसी इजरायलको सचिवालय या एनआरएनए एनसिसी इजरायलका पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गरी नाम टिपाउन अनुरोध गरेको छ ।

यस विषयमा अझ विस्तृत जानकारी अर्को समाचारमा सम्प्रेसण गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..