अक्षयको’गोल्ड’ले उछिन्यो जोनको’सत्यमेव जयते’ लाई

२०७५ भाद्र ४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, पहिलो दिनमा ‘सत्यमेव जयते’ ले ‘गोल्ड’ भन्दा करीब ५ करोड भारु कम कमाएको छ । यसका साथै ‘गोल्ड’ अक्षय कुमारको अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्शन गर्ने फिल्म बनेको छ । यति मात्र होइन, २०१८ मा प्रदर्शनमा आएका फिल्महरुमध्ये ‘गोल्ड’ सर्वाधिक कमाउने तेस्रो फिल्म बनेको छ ।

‘गोल्ड’ ले पहिलो दिन २५ करोड २५ लाख भारु कमाएको छ । ‘सत्यमेव जयते’ ले भने २० करोड ५२ लाखको व्यापार गर्‍यो । यद्यपि यसले जोनको सबैभन्दा ठूलो ओपनिङ कलेक्शन गर्ने फिल्मको इज्जत राखेको छ । स्वतन्त्रता दिवसमा दिइएको सार्वजनिक बिदाको प्रभाव दुवै फिल्मको बक्स-अफिस कलेक्शनमा देखिएको विश्लेषण गरिएको छ ।

‘गोल्ड’ ले ‘बागी-२’ लाई पछि पार्दै २०१८ मा सर्वाधिक ओपनिङ कलेक्शन गर्ने फिल्महरुको सूचीमा तेस्रो स्थान सुरक्षित गरेको छ । ३४ करोड ७५ लाख बटुलेको रणवीर कपुर अभिनीत ‘सञ्जु’ पहिलो नम्बरमा छ भने सलमान खानको ‘रेस-३’ दोस्रोमा छ । ‘सत्यमेव जयते’ पाँचौं स्थानमा बसेको छ ।

‘गोल्ड’ फिल्म एक हकी खिलाडीको वास्तविक जीवनमा आधारित छ, जसले स्वतन्त्र भारतका लागि पहिलो स्वर्ण पदक जितेका थिए । फिल्ममा भारतको लागि पहिलो स्वर्णको सपना देख्ने हकी खेलाडीको यात्रा देखाइएको छ । मौनी रायले डेब्यू गरेको फिल्ममा अमित साध, विनीतकुमार सिंह, कुणाल कपुर पनि मुख्य भूमिकामा देखिएका छन् ।

‘सत्यमेव जयते’ मा जोनका साथै मनोज वाजपेइ, अम्रुता खल्भिकर, नोरा खतेहीलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय